site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
कावासोती । आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिलाबारे प्रहरी समक्ष आएका घटनाका बारेमा सो जानकारी दिए । 
आव २०७०/७१ मा २२ बालिका र पाँच बालक, २०७१/७२ मा २० बालिका र आठ बालक तथा आव २०७२/३ मा २५ बालिका र १३ जना बालिका हराएका छन् । 
बाल अधिकारका क्षेत्रमा अग्रणी मानिएको नवलपरासीमा बालबालिकाको क्षेत्रमा थुप्रै समस्या देखापर्न थालेपछि बालिका सम्मेलन मार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको युवा सरोकार केन्द्र नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।  
बेचबिखन, बाल यौन हिंसा, बाल विवाह, बाल श्रम, छोरीका लागि शिक्षा कमी जस्ता कारणले यस्तो अवस्था आएको सरोकार भएकाहरुले बताएका छन् । 
महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रतिनिधि शान्ति केसीले संयन्त्र बलियो नहुँदा बालबालिकामाथि हुने जघन्य अपराध रोकिन नसकेको बताए । कार्यक्रममा सांसद कृष्ण पौडेलले बालबालिकामाथि हुने हिंसाका घटनालाई संसद्मा समेत उठाएर सम्बोधन गर्न आफू लागिपर्ने बताए । 
सम्मेलनले सत्ताइसबुँदे नवलपरासी घोषणपत्र जारी गरेको छ । बालिकामाथि हुने हिंसा रोक्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, रजहर र कावासोती घटनाका दोषीलाई उमुक्ति दिन नहुने, पूर्ण रुपमा बालबालिकासँग सम्बन्धित कानुन कार्यान्वयन हुनुपर्ने र नवलपरासी जिल्लालाई बालमैत्री बनाउन सबै जना लाग्ने लगायत विषय घोषणापत्रमा छन् । सम्मेलनमा जिल्लाका एक सय ५० बालिकाको सहभागिता थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro