राजनीति
काठमाडौं । दसैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार लगायत चाडपर्वका अवसरमा नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं ९ काठमाडौंको आयोजनामा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा एमालेका उपाध्यक्ष भीमबहादुर रावल सहभागी भए ।
उक्त अवसरमा नेता रावलले देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा रहेकाले यी चाडपर्वले सबै दलबीच एकता कायम गराई सङ्कटबाट देशलाई पार लगाउन सकोस् भन्ने कामना गरे ।
कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य वेदुराम भुसाल, सभासद् जेबी टुहुरे लगायत निर्वाचन क्षेत्रका गाउँ तथा वडाबाट कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको कमिटीका अध्यक्ष नवराज भट्टले जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १७:४८
प्रतिक्रिया दिनुहोस्