खेल
काठमाडौं । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ ।
अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कांस्य पदक जितेको हो । नेपाली टोलीबाट अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डंगोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै सेपाकताक्रो संघका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सिताराम मास्के एसियाली सेपाकताक्रो महासंघको उपाध्यक्षमा निर्विचित भएको छन् । मास्के अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका सदस्य पनि हुन् ।
त्यस्तै दक्षिण एसियाली सेपाकताक्रो महासंघमा नेपालबाट पाँच जना निर्वाचित भएका छन् ।अध्यक्षमा सीताराम मास्के, महासचिवमा ध्रुव गुरुङ, सचिवमा नेत्रप्रसाद गुरुङ तथा सदस्यमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र गंगा गुरुङ निर्वाचित भए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १८:०४
प्रतिक्रिया दिनुहोस्