site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेस्ट क्रिकेटको ब्याटिङ बरियतामा स्मिथ शीर्ष स्थानमा, युनिस दोस्रो स्थानमा उक्लिए
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
अबुधाबी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टेफन स्मिथ टेस्ट क्रिकेटको ब्याटिङ बरियतामा पहिलो स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार निकालेको टेस्ट क्रिकेटको बरियतामा स्मिथ पहिलो स्थानमा यथावत् रहन सफल भएका हुन् । 
आईसीसीले जारी गरेको बरियतामा स्मिथ ९०६ अंकका साथ टेस्ट ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा रहेका हुन् । टेस्ट ब्याट्सम्यानको सूचीमा पाकिस्तानका युनिस खाँन दोस्रो स्थानमा पर्न सफल भएका छन् । उनले ८६० अंक प्राप्त गरेका छन् । बरियतामा इंल्यान्डका जोए रुट तेस्रो स्थानमा छन् । यस्तै दक्षिण अफ्रिकाका हसिम हम्ला चौथो र पाँचांैमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् ।
त्यस्तै आईसीसीले सार्वजनिक गरेको बरियताको छैटौंमा भारतका अजिन्का रहाने, सातौंमा अस्ट्रेलियाका आदम भोग्स, आठौंमा दक्षिण अफ्रिकाका एबीडी भिलियर्स, नवौंमा अस्ट्रेलियाका डेभिड वार्नर र दशौंमा पाकिस्तानका मिस्बाह उल हक छन् । 
आईसीसीले सार्वजनिक गरेको टेस्ट क्रिकेटको बलर बरियतामा भारतका रविचन्द्र अश्विनी पहिलो स्थानमा रहेका छन् भने दक्षिण अफ्रिकाका डाले स्टेन दोस्रो स्थानमा छन् । रविचन्द्रले ९ सय अंक प्राप्त गर्दा स्टेनले ८८७ अंक पाएका छन् । बरियताको तेस्रो स्थानमा इंल्यान्डका जेम्स एन्डरसन, चौथोमा श्रीलंकाका रंगेना हेराथ र पाचौँ स्थानमा इंल्यान्डकै स्टुवार्ड ब्रोड छन् ।
यस्तै टेस्ट क्रिकेटको अलराउन्डर बरियतामा भारतका रविचन्द्र अश्विनी ४५१ अंकका साथ पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन, तेस्रोमा इंल्यान्डका मोइन अली, चौथोमा इंल्यान्डकै बेन स्टोक्स र पाचौंमा भारतका रबिद्र जडेजा छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro