राजनीति
काठमाडौं । नेकपा एमालेले लोकमानसिंह कार्की विरुद्ध व्यस्थापिका संसदमा दर्ता भएको महाभियोग प्रस्तावको पक्षमा सहमति जुटाउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको एमाले स्थायी समितिको बैठकले महाभियोग प्रस्तावको पक्षमा ल्याउन व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १५:३३
प्रतिक्रिया दिनुहोस्