खेल
काठमाडौं । नेपाल तेक्वान्दो संघले तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लूटीएफ)का अध्यक्ष डा. चोङवन चोलाई सम्मान गरेको छ । अध्यक्ष डा. चोलाई संघले मंगलबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
डा.चोलाई सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष अभिनन्दनका साथ सम्मान गरेको हो । डा. चोलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईली, सिंचाई मन्त्री दिपक गिरी तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले संयुक्त रुपमा सम्मानित गरेका थिए । संघले डा. चोलाई तिहार तथा छट पर्वको अवसर पारेर सम्मानित गरेको हो ।
सम्मानपछि बोल्दै डा. चोले नेपालले एक दिन ओलम्पियक र विश्व तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले भने, “रियो ओलम्पिकमा नेपाली तेक्वान्दोको एक मात्र सहभागीता थियो,तर सोचे अनुरुप नतिजा आउन सकेन् । तर मलाई विश्वास एक दिने नेपालले उत्कृष्ट र ऐतिहासिक नतिजा ल्याउछ ।” त्यस्तै डा.चोले नेपालमा तेक्वान्दो लोकपृय हुनमा सघंको मेहनत रहेको बताउदै आगामी दिनमा अझै राम्रो गर्दै जाने बताए । “ नेपालले पारा तेक्वान्दो र ह्विल चियर तेक्वान्दोको आफ्नो टिम पनि बनाइसकेको छ । साथै पारामा अन्तर्राष्ट्रिय सफलता पनि । त्यसलै नेपाल तेक्वान्दोका लागि उत्कृष्ट छ,” उनले भने ।
यस्तै सम्मान कार्यक्रममा बोल्दै खेलकुद मन्त्री श्रीपाईलिले नेपालमा भूकम्प गएको समयमा डा. चोले पुर्याएको योगदानले आफू कृतग्य रहेको बताए । साथै मन्त्री श्रीपाईलीले विश्व तेक्वान्दो महासंघ(डब्लूटीएफ) को सहयोगले नेपाली तेक्वान्दो खेलको बिकासमा सहयोग पुग्ने बताए ।
सम्मान कार्यक्रम दक्षिण कोरियाका नेपाली राजदुत चो योङ जिन, सघंका अध्यक्ष प्रकाश समशेर राणा, महासचिव दीपराज गुरुङ, संसद तथा पूर्व खेलकुद मन्त्री पुरुषोतम पौडेल, संसद् मोहनकुमार राई तथा विभिन्न खेलकुद संघका पदाधिकारीको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १३:४२
प्रतिक्रिया दिनुहोस्