site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ने क पामा सल्कियो ‘भुसको आगो’, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप
SkywellSkywell

काठमाडौं । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेताले स्थायी कमिटी सदस्यहरूलाई बोलाएर चिया खुवाए ।

दसैँको सम्मुखमा नेताहरूले चियापान कार्यक्रम आयोजना गर्नु नौलो होइन । क्याडरबेस पार्टीका नेताहरूले चाडपर्वको अवसर पारेर चियापान आयोजना गर्नु अन्यथा कुरा पनि होइन । ने क पा बन्नुअघिको एमालेले त्यसो गर्दै आएको पनि हो ।

तर शुक्रबारको चियापान अर्थपूर्ण र ने क पाभित्रको शक्ति–सङ्घर्षको एउटा हिस्सा थियो । दुवै अध्यक्ष (प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल) मुलुक बाहिर रहेका बेला कार्यवाहक अध्यक्षसमेत नरहेका नेताले चियापान आयोजना गरेको भन्दै कतिपय नेताले ‘माधव नेपालको पावर एक्सरसाइज’को रूपमासमेत अर्थ्याए ।
त्यही चियाभेलालाई लिएर अहिले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप शुरू भएको छ ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका ने क पाका स्थायी कमिटी सदस्य (हाल प्रधानमन्त्रीसँगै मुलुकबाहिर छन्) विष्णु रिमालले ट्विट लेख्दै नेता नेपालको उक्त कदमलाई पतनको संज्ञा दिए ।

हेर्नुहोस् के लेखेका थिए नेता रिमालले

Royal Enfield Island Ad

“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je

— Bishnu Rimal (@BishnuRimal) September 28, 2018

 

‘मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइग सल्लाह लिन शुरू गरिन्छ !’

त्यसो त बिहीबार प्रतिनिधिसभाको वर्षे (बजेट) अधिवेशन अन्त्यका दिन बोल्दै नेता नेपालले ‘सरकारका कारण शिर ठाडो पार्न नसकिएको र जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान सुनिरहनुपरेको’ भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना सदनबाटै गरेका थिए ।

त्यसको भोलिपल्ट आयोजना गरेको चियाभेलालाई ओली निकट नेताहरूले चियातुफानको संज्ञा दिए ।

हेर्नुहोस् ईश्वर पोखरेलका सहयोगी र अनेरास्ववियुका सचिवसमेत रहेका आरसी लामिछानेको फेसबुक स्ट्याटस–

\"\"

तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको चियाभेलाप्रतिको रोषलाई अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्विटमार्फत नै जवाफ दिएका छन्– “सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरू पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !”

शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !

— Yogesh bhattarai (@yogesbhattarai) September 29, 2018

 

आरोप–प्रत्यारोको शृंखला यत्तिमै सीमित छैन । अहिले लम्बिएर कार्यकर्ताको फेसबुकका भित्ताभित्तामा पुगेको छ ।

यसलाई पुष्टि गरेका छन्– माधव नेपालका सहयोगी मोहन गौतमले । गौतमले आइतबार लामो स्ट्याटस लेख्दै बिहीबारको सम्वोधन “एउटा जननिर्वाचित प्रतिनिधिका दरूपमा संसदमा सरकारलाई सुझाव” भएको बताएका छन् ।

त्यतिमात्र नभइ नेता नेपालले आन्तरिक बैठकमा पनि सबैभन्दा बढी सुझाव दिने गरेको बताएका छन् । त्यसलाई षडयन्त्र देख्ने र मनमनै अनेकौँ कथा एवम् प्रसङ्ग जोडेर आफुहरु मात्र खास समर्थक भएको देखाउने प्रतिस्पर्धा चलेको भन्दै ‘त्यसलाई दरिद्र चिन्तन’को उपमा दिएका छन् ।

हेर्नुहोस् स्ट्याटस

\"\"

यसैबीच नेता नेपालको पछिल्लो कदमप्रति पूर्वमाओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् ।

पत्नीको उपचारको लागि सिंगापुर प्रस्थान गर्नुअघि पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्पादक बोलाएर पार्टी र सरकार सञ्चालनबारे अवगत गराएका थिए । उक्त भेलामा सम्पादकसमक्ष अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालनप्रति आफूलाई चित्त नबुझेको तर पनि आफू ‘कुनै जोखिम उठाउने पक्षमा नरहेको’ बताएका थिए ।

ने क पाभित्र सल्किएको भुसको आगो ठम्याउन प्रचण्डको उक्त ‘सन्देश’ निकै काफी हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro