site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा भएको हो । उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् । 

प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुवाको नाम पनि गोप्य राखिएको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए । उनलाई पुर्पक्षका लागि चलान गरिएको छ ।  ‘‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्,” डीएसपी सिंहले बाह्रखरीसँग कुरा गर्दै भने ।

KFC Island Ad
NIC Asia

घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौं बराबरको सम्पत्ति छ भने उनले ४ जनासँग विवाहसमेत गरेका छन् । ‘‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको रहेछ । यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन्,’’डीएसपी सिंहले भने । 

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो ।  कोहलपुर प्रहरीका डीएसपी सिंहले बालहिंसा र महिला हिंसाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए । 

Royal Enfield Island Ad


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro