site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिलक्स र एसीका नाममा यात्रु ठगिँदै, सहायता कक्ष नाममात्रैका
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि मंगलबारबाट बसको अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट खुलेसँगै नयाँ बसपार्कस्थित विभिन्न कम्पनी तथा समितिका काउन्टरमा यात्रुको घुइँचो लागेको छ । 

यातायात व्यवसायी र सरकारबीच गाडीभाडा १० प्रतिशत बढाउने सहमति भएपछि व्यवसायीहरु बुकिङ खोल्न सहमत भएका हुन् । तर, यात्रुहरु भने काउन्टरले बढी भाडा लिएको गुनासो गर्छन् । नयाँ बसपार्क र कोटेश्वरका विभिन्न यातायात समिति तथा प्रालिका काउन्टरहरुमा पुगेर स्थलगत अवलोकन गर्दा पनि सरकारले तोकभन्दा बढी भाडा असुलेको पाइयो । यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच भएको बैठकमा डिलक्स, सुपर डिलक्स र एसी गाडीहरुले सरकारी भाडादरभन्दा १० देखि २० प्रतिशतसम्ममात्र बढी भाडा लिन निर्णय भएको थियो । तर, गाडीलाई सुपर डिलक्स भन्ने तिनमा के–कस्ता सुविधा हुनुपर्ने भन्ने कुनै मापदण्ड भने छैन । यसले गर्दा सुपर डिलक्सका नाममा यात्रु ठगिने गरेका छन् । “

काठमाडौंदेखि इलाम हर्कटेसम्म एसी बसमा जाँदाको भाडा १५ सय हो । तर, सुपर डिलक्स भन्दै २३ सय लिइयो । सुपर एसी भनिए पनि बसचाहिँ साधारण नै रहेछ,” कोटेश्वरको एक काउन्टरमा भेटिएका इलामका शिव पराजुलीले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यात्रु सहायता कक्ष नाममात्रैका

\"\"उपत्यकाका विभिन्न १२ स्थानका मुख्य टिकट काउन्टरहरुमा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा यात्रुहरुलाई टिकट काट्न सजिलोका लागि यात्रु सहायता कक्ष स्थापना गरिए पनि यात्रुहरुले त्यस्ता कक्षबाट लाभ लिन सकिरहेका छैनन् । यात्रुको अधिक चाप रहने नयाँ बसपार्ककै सहायता कक्षमा पनि कर्मचारीहरु नभेटिएको यात्रुहरु गुनासो गर्छन् । 

Royal Enfield Island Ad

“सहायता कक्षबारे यात्रुलाई थाहा नभएका कारण यात्रुले यहाँबाट सेवा लिन सकिरहेका छैनन्,” नमस्ते राप्ती यातायात प्रालिका नयाँ बसपार्क टिकट काउन्टर इन्चार्ज पर्शुराम विश्वकर्माले बाह्रखरीसँग भने, “यात्रु सहायता कक्ष राखिए पनि पोहोरका दसैंताकाभन्दा यसपटकमा केही फरक रहेको लाग्दैन ।”

यात्रु सहायता कक्षले काउन्टरबाट टिकट काटेर यात्रुलाई महङ्गोमा बेच्ने बिचौलियाको चलखेल रोके पनि काउन्टरबाटै महङ्गोमा टिकट बेच्ने व्यवसायीलाई कुनै कारबाही गर्न सकेको छैन । “हामीले यात्रु ठगिन सक्ने सम्भावनाको नियन्त्रणका लागि ट्राफिक प्रहरीहरुलाई आवश्यक जानकारी र व्यवस्थापनका लागि सुझाव दिइसकेका छौं,” विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यय भन्छन्, “अहिले दसैंका लागि घर जाने यात्रुको चाप नभइसकेकाले यस्तो भएको हुनसक्छ, आउँदा दिनमा काउन्टरले यात्रु ठग्ने यस्तो परिपाटी रोक्नेछौं ।” 

लागु भएन बसको बडी मापदण्ड
सरकारले बस बिल्डिङ मापदण्ड २०७४ जारी गरे पनि यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले गत चैत १८ गते नयाँ निर्देशिका जारी गर्दै यो मापदण्ड सार्वजनिक गरेको थियो । 

उक्त मापदण्डले दिवाबस, रात्रिबस, लामो दूरीका बस, छोटो दूरीका बस, पर्यटक बस, डिलक्स, सुपर डिलक्स तथा एसी बसमा हुनुपर्ने सिट क्षमता र अनिवार्य हुनुपर्ने सुविधाको प्रारम्भिक रुपरेखा तयार गरे पनि विभागले यस विषयमा चासो राखेको छैन । सरकारी पक्षले डिलक्स, सुपर डिलक्स र एसी बसमा हुनुपर्ने सुविधा नतोक्दा बस धनीले आफूखुसी भारतको कलकत्ता, नयाँ दिल्ली, सिलिगुडीका बजारमा बसको बडी निर्माण गरी नेपालमा ल्याएर सञ्चालन गरिरहेका छन् ।

“बसको बडी र सुविधाको मापदण्ड सरकारले नतोक्दा यात्रुहरु ठगिँदै आएका छन्,” सार्वजनिक यातायात सुधार अभियन्ता रामबहादुर थापा भन्छन्, “डिलक्स, सुपर डिलक्स र एसी बसका नाममा ५ सयको भाडाको बाटोमा यात्रुहरु १ हजारसम्म तिरेर टिकट काट्न बाध्य छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro