site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ने क पाकै नेता भन्छन्–सरकार आफैँ ‘बाघ’ छ, किन चाहियो ‘अरिङ्गाल’ ?
SkywellSkywell

काठमाडौं । सरकार गठन भएको असोज ३ गते सात महिना पूरा हुँदैछ । पाँचवर्ष सरकार सञ्चालनको ‘म्यान्डेड’ पाएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारविरुद्ध सात महिना नपुग्दै आलोचना चुलिएको छ ।

३३ किलो सुन प्रकरणका दोषी करार गरिएका एकपछि अर्को धरौटीमा रिहा भएका छन् भने सुन काण्ड प्रकरण सेलाएको छ । दिनहुँ बलात्कारका घटनामा बढोत्तरी भइरहँदा सरकारको उपस्थिति कतै नदेखिएपछि प्रतिपक्षीमात्रै होइन स्वयम् ने क पाका नेता कार्यकर्ता पनि रुष्ट बनेका छन् ।

यही रुष्टतालाई बुझेर होला शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कार्यकर्ता अरिङ्गालझैँ खनिन’ निर्देशन दिए । “एउटा अरिङ्गाललाई चलाउँदा सिंगै गोलो खनिन्छ, तर हामीसँग त्यति पनि विवेक भएन,” उनको भनाइ थियो ।
उनले एउटा अरिङ्गाललाई केही भइहालेमा सबै अरिङ्गाल मिलेर प्रतिवाद गर्नुपर्ने भन्दै प्रतीकात्मक अर्थमा सरकारको बचाउ गर्न कार्यकर्तालाई निर्देशन दिए ।

KFC Island Ad
NIC Asia

तर, दुई तिहाई जनमत प्राप्त सरकार र सबैभन्दा संगठित नेता–कार्यकर्ता भएको ने क पासँग त्यो तागत नरहेको स्वयम्  ने क पाका नेता कार्यकर्ता बताउँछन् । ने क पा स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन्, “सरकारले जनताको विश्वास जित्ने गरी काम गर्न नसक्नु नै यसको कारण हो ।”

उनले सबै मिलेर सरकारको कामको समीक्षा गरौँ न त भनेर स्थायी कमिटीको बैठक आह्वान गर्दा पनि बैठक नै बस्न नसकेको उनको गुनासो छ । कमिटी चलायमान भएको भए सरकारलाई सहयोग गर्न निर्देशन दिन, सरकारले योजना उद्देश्य तलसम्म लैजान सहयोग पुग्ने बताउँदै कमिटी चलायमान नहुँदा ‘अरिङ्गाल डाक्नुपर्ने’ परिस्थिति सिर्जना भएको बताउँछन् ।

Royal Enfield Island Ad

‘सरकार आफैँ बाघ हो’

भुसालको तर्कमा सहमत छन् दाङका सांसद् मेटमणि चौधरी । उनले दुईतिहाई जनमत प्राप्त बलियो सरकार आफैँ बाघ, चिलजस्तो भएकाले सरकारको बचाउ गर्न ‘अरिङ्गाल’ चाहिँदै नचाहिने जिकिर गर्छन् । पार्टी कमिटी प्रणालीमा नचलेको, एकतालाई व्यवस्थापन गर्न नसकेकाले ‘अरिङ्गाल डाक्नुपर्ने’ ‘अरिङ्गालको उपमा दिएर कार्यकर्तालाई सरकारको बचाउ गर्न लगाउनुपर्ने’ परिस्थिति निर्माण भएको उनले जानकारी दिए ।

उनले एकता प्रक्रियालाई छिटो आधारभूत तहसम्म बिस्तार गर्न नसक्दा, सरकारको कामकारवाही प्रभावकारी बनाउन नसक्दा जनअसन्तुष्टि चुलिएको दाबी गरे । “एकता प्रक्रियाप्रति आम कार्यकर्तामा ठूलो उत्साह छ । उमङ्ग पनि छ,” उनले बाह्रखरीसँग कुराकानी गर्दै भने, “तर, त्यो एकतालाई व्यवस्थापन गर्न सकिएको छैन ।”

यस्तै तर्क छ बेदुरामको पनि । उनले पार्टीलाई व्यवस्थित बनाएर सरकार सञ्चालनको मियो बनाउनुपर्नेमा न सरकारले पार्टी चलाउने, न पार्टीले सरकार चलाउनेजस्तो देखिएको बताए । “पार्टी त चल्दै चलेन नि !,” उनी प्रष्ट्याउँछन् ।

कर्मचारी नै बाधक

‘स्थायी सरकार’ को उपमा पाएको कर्मचारीतन्त्रले नै सरकार सञ्चालनमा बाधा पुर्‍याएको भन्दै सांसद मेटमणि चौधरीले कर्मचारीको नियतले काम गर्न अप्ठ्यारो पारेको बताए । उनले सरकारविरुद्ध चुलिएको जनअसन्तुष्टिलाई मौका छोपेर कर्मचारीहरूले सरकारको काममा ‘भाँजो हालिरहेको’ टिप्पणी गरे ।

त्यस्तै उनले केहीदिनभित्रै दुई अध्यक्ष बसेर विधि, मापदण्ड निर्माण गरी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने खाँचो औँल्याए । एकता प्रक्रिया पर्गेल्न नसक्दा कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गएकाले प्रकारान्तरले त्यो सरकारविरुद्धकै असन्तुष्टिका रूपमा संगठित हुने खतरा बढेको औँल्याए ।

“दुई अध्यक्ष बसेर एकदुईदिनभित्रै मापदण्ड र विधि तयार पारिसक्नुपर्छ,” उनको सुझाव थियो ।

लोकप्रिय निर्णय गर्ने तयारीमा सरकार

स्रोतका अनुसार सडकमा सरकारविरुद्ध पोखिएको असन्तुष्टि साम्य पार्न सरकारले केहीदिनभित्रै लोकप्रिय निर्णय गर्दैछ । वृद्धभत्ता, सामाजिक सुरक्षाका अन्य क्षेत्रका भत्ता बढाउने तयारीमा छ सरकार । त्यसो त पूरक बजेटको चर्चा पनि नभएको होइन । तर, पूरक बजेट ल्याउँदा अर्थमन्त्रीविरुद्ध अविस्वास चुलिने र त्यो सरकारविरुद्ध प्रत्युत्पादक हुने भएकाले मन्त्रिपरिषद्बाटै केही जनप्रिय निर्णय गर्ने तयारीमा सरकार रहेको स्रोत बताउँछ ।

त्यसका लागि ने क पाका केही नेताहरूले सरकारलाई सुझावसमेत दिएको स्रोतको दाबी छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro