site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी जन्मियो ह्रश्व–दीर्घ सिकाउने तीज गीत
SkywellSkywell

काठमाडौं । नयाँ बानेश्वरको ओह्रालो झरेर शंखमूल नपुग्दै बायाँतर्फ एउटा निजी विद्यालय छ, अवेयरनेश इन्टरनेशनल एकेडेमी । १२ वर्षदेखि पठनपाठन गर्दै आएको यस विद्यालय दुई दिनयता चर्चामा छ, शैक्षिक सामग्रीमूलक तीज गीतका कारणले ।

छिटो र छरितो ढंगले नेपाली व्याकरण सिकाउने उक्त सन्देशमूलक गीत सामाजिक सञ्जालमा भाइरल भएको छ । 

गीत केहीअघिसम्म कक्षा कोठामा लोकप्रिय थियो । विद्यार्थीका बीचमा कर्णसुधा थियो । विद्यालयका नेपाली विषयका शिक्षक विमलप्रसाद घिमिरे लयवद्ध तरिकाले गीत गाउँथे । विद्यार्थीहरू कम्मर मर्काउँदै कण्ठस्थ तुल्याउँथे ।

KFC Island Ad
NIC Asia

तर, यो गीत अब विद्यालयको मात्रै सम्पत्ति रहेन । शैक्षिक सामग्रीमात्रै होइन, ह्रश्व दीर्घ सिकाउने ‘गुरुमन्त्र’का रूपमा भाषापारखीका बीचमा पुगिसकेको छ । गीतमा प्रयुक्त नियम अन्य शिक्षालयका लागिसमेत अनुकरणीय र अनुशरणीय बनेको छ ।

बुधबार बाह्रखरीकर्मी एआईए स्कुल शंखमूल पुग्दा घिमिरे हँसमुख मुद्रामा थिए ।

Royal Enfield Island Ad

“राम्रो काम गरे त प्रशंसाले पछ्याउँदो रहेछ नि है ?,” हाँस्दै उनले गीतको मर्म–गर्भ दुवै उधिने ।

० ० ०
१२ वर्ष आफ्नै विद्यालयमा, ८ वर्ष अन्यत्र विद्यालयमा गरी उनले झन्डै २० वर्ष अध्यापन गरे । पढाउने उनको शैली नूतन थियो । नितान्त मौलिक र आधुनिक शैलीसँग मिल्दोजुल्दो पनि । 

सरस र सरल भाषामा पढाउन माहिर विमल विद्यार्थीका आँखामा सधैँ आदर्श शिक्षक रहिरहे । पट्यारलाग्दो, दिक्दारलाग्दो आँखाबाट विद्यार्थीले कहिल्यै हेरेनन् ।
नेपाली विषय शिक्षक । नेपाली विषय अध्यापन गर्ने भन्नेबित्तिकै एउटा विम्बले मस्तिष्क रिँगाउन थाल्छ । संस्कृतमा पारङ्गत । आदीम, गुरुकुल शैली पछ्याउने । घोकन्ते शिक्षा, ध्याउन्ने खेती मार्काका ।

पठनपाठनमा यातना, रटान, घोटान प्रधान मान्ने त्यसप्रकारका शिक्षकको कक्षामा विद्यार्थी भरसक पस्नै मान्दैनन् । पसिहाले पनि मूर्तिवत् शान्त हुन्छन् । सिकाइमा लगाव पटक्कै देखिँदैन । परीक्षामा कतिपय अनुत्तीर्ण, कतिपय पासमात्रको प्राप्ताङ्क पाउँछन् ।

अतःएवः सिकाइमा मौलिक शैलीको खोजी गरिरहेका विमलले नयाँ शिल्प प्रत्युत्पादन गरे । संगीतमा सानैदेखि रूची थियो । कथा, कविता भाका हालीहाली पढ्न रुचाउने । गद्य–पद्य शैलीका कवितामा पनि रुची मुखरित हुन्थ्यो । त्यही शिल्पलाई पठनपाठनमा समेत भित्र्याए ।

साधारण नेपालमा त कथा, कविता हुन्छ, विद्यार्थीको रुची घट्दैन । जब व्याकरणको पाठ पल्टायो, विद्यार्थी निदाउन थालिहाल्छन् । पट्यार मान्दै हाईहाई काढ्छन् ।
त्यही व्याकरणका केही साधारण नियमलाई श्लोकवद्ध गरेर कक्षामा पढाउन थाले । विद्यार्थीको रुचीको पारो ह्वात्तै आकाशियो । व्याकरण विषय पढ्न ‘मोनोटोनस’ ठान्ने विद्यार्थीहरू पनि हाँसीहाँसी गीत गाउन थाले । नियम कण्ठस्थ बनाउन थाले ।

हिमवत् क्षेत्रको यो आँगन, कला–संस्कृति–साहित्य–सिर्जनाको अद्वितीय भण्डार नै हो । वेद, उपनिषद्, पुराणका ऋचा कष्ठस्थ पारेर हुर्किएको पुस्ताको प्रभाव छँदैछ ।

अतः गीतिवद्ध, श्लोकवद्ध, संगीतवद्ध शिक्षा सिकाइमा ज्यादा प्रभावकारी हुन्छ । कक्षा कोठाको चार पर्खालभित्रको परीक्षणमा उनी सफल देखिएका थिए । अहिले त सिकाइमै ‘कोर्ष करेक्सन’ गराउने गरी चर्चा बटुलिइरहेको छ ।

तीजकै लयमा किन ?
त्यसो त उनले यही वर्षमात्रै गीति लयमा व्याकरण पढाउन थालेका होइनन् र उनको अध्यापनमा संगीतको रङ मिसिएको आजैमात्रै पनि होइन ।
दुई दशकदेखि नै उनी यही शैली अनवरत, अविच्छिन्न पछ्याइरहेका छन् ।

कहिले नाच्दै त कहिले गीत गाउँदै कक्षामा प्रविष्ट हुने विमल घिमिरेको नवीन शैलीबाट प्रह्लादित विद्यार्थीहरूले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत रिलिज भएलगत्तै प्रतिक्रिया व्यक्त गरे, “सर ! हामीलाई दश–पन्ध्र वर्षअघिको झल्को पो आयो ।”

अतः शिक्षण सिकाई कार्यकलापमा उनी नयाँनयाँ शैलीका आविष्कारकमै पनि दरिन्छन् ।

विगत चार–पाँच वर्ष पहिल्यै उनले एकदुई श्लोक रचना गरिसकेका थिए । विद्यार्थीले आउँदो पनि पारेका थिए । शिक्षक– विद्यार्थीकामाझ लोकप्रिय पनि भयो ।
तर, यसपटक उनले तीजकै भाकामा सातै श्लोक तयार गरे । फलतः गीतले मनग्गे चर्चा कमायो ।

कारण ?

तीजेगीत भन्नेबित्तिकै हाम्रो मस्तिष्कमा अलग्गै प्रभाव छ– सासु–बुहारीको जुहारी, घर–माइतीका व्यथा, नन्द–आमाजूप्रति आक्रोश अनि दुलहीको आर्तनाद ।
त्यसबाहेक सहरी क्षेत्रमा तीजमा अवर्णनीय विकृति घुसिसकेको छ । दरको सितन दारु । महिनादिन अगावैदेखि पार्टी प्यालेसमा नाचगान र रामरमिता । वाक्कदिक्क छ जनमानस ।

फेरि तीजसँगै जोडिएको अर्को विकृति पनि छ– गहना प्रदर्शन । घरमा खाने नुन होस् कि नहोस्, सुन जोड्नैपर्ने सामाजिक मूल्यमान्यता ।

यी सबैले दिक्किएका तीज पारखीलाई अलग्गै स्वाद हुने ठानेर तीजकै छेको पारेर गीत सार्वजनिक गरेका हुन् उनले । तीजकै प्राचिन भाका, शैली पछ्याएकाले जनजिब्रोले टपक्कै टिप्यो पनि ।

“सधैँ साडी हेर्दाहेर्दा वाक्कदिक्क भएकालाई नयाँ स्वाद पनि हुने भनेर हामीले विद्यालयकै छात्रहरूको स्वर, नृत्य समावेश गरेर भिडियो तयार पार्‍यौँ । छायाङ्कन पनि विद्यालयमै गर्‍यौँ,” सगर्व सुनाउँछन् शिक्षक घिमिरे ।

\"\"छायाङ्कनको निहितार्थ
गीत छायाङ्कनको विशुद्ध उद्देश्य शैक्षिक सामग्री उत्पादन थियो । त्यसैले विमलले साधारण मोबाइलले भिडियो खिच्ने र विद्यार्थीलाई पढाउने उद्देश्य राखेका थिए ।
तर, विद्यार्थीको तीक्ष्ण लगाव, कर्णमधु आवाजले संगीत शिक्षक राजकुमार घिमिरे राम्रै क्यामेराले भिडियो छायाङ्कन गर्ने निष्कर्षमा पुगे ।

भिडियो खिचियो । सर्सर्ती हेर्दा राम्रै देखियो । उनलाई अतिरिक्त मोह जाग्यो– युट्युवमा हाल्न पाए पनि हुने ।

उनले म्युजिक नेपाललाई अनुरोध गरे । कम्पनीले सर्सर्ती भिडियो नियाल्यो । गीत सन्देशमूलक थियो ।

कम्पनीले नकार्न सकेन, “गीत व्यवसायको हिसाबले सोच्ने हो भने नराख्न पनि सकिन्छ । तर, सन्देश प्रवाह गर्ने र ‘चेतनाका लागि शिक्षा’ विद्यालयको जुन नारा छ, त्यसलाई सार्थक तुल्याउन पनि हामी युट्युबमा राख्छौँ ।”

जब दुईदिन अगाडि भिडियो रिलिज भयो, चर्चा–परिचर्चाको पारो ह्वात्तै बढिहाल्यो ।

विद्यालय संगीतमा आत्मनिर्भर
विद्यालयले आफ्नै बलबुतामा श्लोकलाई संगीतवद्ध गर्‍यो । राजकुमारले नै संगीत भरे । विद्यालयका नृत्य शिक्षकले विद्यालय पोसाकमै विद्यार्थी भाइबहिनीलाई नृत्यमा पारङ्गत तुल्याए ।

“अहिलेका विद्यार्थी निकै तीक्ष्ण, तिलस्मी, बहुप्रतिभाशाली, क्षमतावान छन् । एकपटक पढाएको कुरा टपक्कै टिप्छन् र वर्षौं बिर्संदैनन् । संगीतप्रति त उनीहरूको मोह झन् ठूलो छ । अतः सिकाइमा यो विधि ज्यादै प्रभावकारी हुन्छ,” कुराकानीकै क्रममा विमलले जोडे ।

त्यसो त विद्यालय संगीतमा आत्मनिर्भर छ । विद्यालयस्तरीय कार्यक्रम होस् या अभिभावक दिवस, त्यहीँका छात्रछात्रा गाउँछन्, बजाउँछन् वान्कीपूर्ण नृत्यछटा पस्कन्छन् ।

तीज गीत छायाङ्कनका लागि त्यसले राम्रै काम गर्‍यो ।

सिकाइको शैली फेर्नुपर्छ 
मुलुकमा विद्यालय बाहिर रहेका विद्यार्थीको संख्या सरकारकै तथ्यांकलाई आधार मान्ने हो भने पुगनपुग एकलाख छ । त्यो भन्दा चर्को छ– ‘ड्रप आउट रेट’ !
यसको कारण शिक्षण सिकाइ क्रियाकलाप पनि हो । परम्परागत, गुरुकुल, घोकाउने, रटाउने र यातना दिने शैलीका पठनपाठनले विद्यार्थीलाई ‘कक्षा छाड्न’ सघाइरहेको छ ।

गीत–संगीतका माध्यमबाट पठनपाठन गर्ने हो भने त्यसलाई शून्यमा झार्न सकिन्छ ।

“वर्षौअघि सुनेका संगीतका हरफ आज पनि हामीलाई कण्ठस्थ छ । सिकाइमा यस्तै शैली पछ्याउने हो भने निकै प्रभावकारी हुन्छ,” यसो भन्छिन्, सोही विद्यालयकी मेधावी छात्र दीलासासिंह ठकुरी ।

बर्दिबास, औरही रोडकी रैथाने ठकुरी कक्षा तीनदेखि एआईएमा पढ्न थालेकी हुन् । १० कक्षामा पढ्ने विलक्षण छात्र मंगलबारमात्रै अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा प्रथम भइन् । कुराकानी गर्दैगर्दा पनि पुरस्कार लिन जान हतार थियो उनलाई ।

चर्चामा रहेको तीज गीतको उद्घोषिका पनि रहेकी ठकुरी भन्छिन्, “पछिल्लो समयको पढाइ र पठनपाठन शैली निकै पट्यारलाग्दो बन्दै छ । संगीत, नृत्य मिसाउने हो भने निकै रसिलो हुन्छ ।”

यस्तो छ गीत

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro