
काठमाडौं । कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को नवीनतम कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक गरिएको छ ।
शुक्रबार (वैशाख ५) काठमाडौंमा इन्डिगो इन्क प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. अर्चना थापा, अनुपमा रेग्मी, डा. अशोक थापा र राजबाबुले संयुक्त रूपमा ‘फिर्दोसको साँचो’ लोकार्पण गरे ।
समालोचक डा. अशोक थापाले राजबाबुको आख्यान लेखन निकै उज्ज्वल देखेको बताए । समालोचक अनुपमा रेग्मीले यो संग्रहभित्र सशक्त कथा भएको बताइन् ।
डा. अर्चना थापाले कथामा प्रशस्तै स्वैरकल्पना रहेको उल्लेख गरिन् । अन्त्यमा पाठकलाई झसंग पार्ने कला आफूलाई मन परेको उनले बताइन् ।
प्रा. डा. रामप्रसाद ज्ञवालीले पनि कथामा प्रशस्तै स्वैरकल्पना प्रयोगको चर्चा गरे ।