site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायी कमिटी बैठक फेरि सर्ने, तल्लो तहमा ‘लफडा’ 
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा प्रदेश र जिल्ला तहका कमिटी एकीकरण गर्न गठित कार्यदलले काम नटुंग्याएपछि स्थायी कमिटी बैठक फेरि पनि सर्ने भएको छ । स्थायी कमिटी बैठक १९ र २० गतेका लागि बोलाइएको थियो । शुरूमा भदौ ८ र ९ गतेका लागि तोकिएको भए पनि कार्यदलले भदौ ७ को मितिसमेत गुजारेपछि स्थायी कमिटीको बैठकको मिति सारिएको थियो ।

“कार्यदलले काम सम्पन्न नगरेकाले स्थायी कमिटीको बैठक सर्ने देखिएको छ,” स्थायी कमिटी सदस्य बेदुराम भुसालले बाह्रखरीसँग भने, “दुई वटा प्रदेशको प्रतिवेदन आएकै छैन भने भ्रातृ संगठनको अवस्था पनि त्यस्तै छ ।”

एकीकरण नहुँदै लफडा 
 

KFC Island Ad
NIC Asia

ने क पा केन्द्रमा एकीकरण भएको ३ भदौमा ३ महिना पूरा भइसकेको छ । जेठ मसान्तसम्म प्रदेश र जिल्ला पनि एकता गरिसक्ने गरी पार्टीले कार्यदल बनाएर अन्तर पार्टी निर्देशन जारी गरेको थियो । तर, कार्यदलले तीन पटक म्याद थप्दा पनि जिम्माको काम पूरा नगरेपछि पार्टीका काम–कारवाही प्रभावित हुन थालेको पार्टीभित्रै गुनासो बढ्न थालेको छ ।

सात वटा प्रदेशमध्ये, प्रदेश ७, ५ र ३ ले मात्रै प्रतिवेदन बुझाएका छन् । ६, ४ ले आंशिक रूपमा बुझाएका छन् भने प्रदेश १  र २ ले प्रतिवेदन बुझाएकै छैनन् । प्रदेश ५ मा त पार्टी वरिष्ठ नेता माधव नेपाल पक्षले नेतृत्व सिफारिसमै आफूहरूलाई ‘कत्लेआम’ गरिएको भन्दै ‘समानान्तर कमिटी’ बनाउने चेतावनी दिएका छन् ।

Royal Enfield Island Ad

त्यस्तै अन्य प्रदेशमा पनि नाम सिफारिस गर्दा मापदण्ड पूरा नगरिएको भुसालको दाबी छ । “सिफारिस जे–जस्तो भए पनि नेतृत्व छनौट गर्दा मापदण्ड पूरा गर्नुपर्छ,” भुसाल भन्छन् । दुवै पार्टीका भीमकाय संरचना र नेता कार्यकर्ताको व्यवस्थापनका लागि भन्दै भदौको पहिलो साता बसेको पार्टी सचिवालयको बैठकले नेतृत्व छनौटमा विधि र मापदण्ड तय गरेको थियो ।

त्यसबाहेक योग्यता, वरिष्ठता, क्रियाशीलतालाई पनि नेतृत्व चयनको मापदण्ड बनाइने पार्टीको नीति थियो । तर, त्यसको पर्वाह नगरी मनोमालिन्य ढंगबाट व्यक्ति सिफारिस गरिएको भन्दै ने क पा, विशेष गरी पूर्वएमालेभित्र असन्तुष्टि चुलिएको छ ।

पार्टी अध्यक्षको युवा संघ मोह

सात प्रदेश, एउटा प्रवासका अतिरिक्त २२ जनसंगठन एकताका लागि भनेर ने क पाले चार–चार जना सम्मिलित कार्यदल गठन गरेको थियो । जनसंगठनको अन्तरिम विधान, राजनीतिक प्रतिवेदन निर्माणका अलावा केन्द्रीय कमिटी, सचिवालय र पदाधिकारीको नाम सिफारिस गर्ने जिम्मासमेत पाएको थियो ।

तर, एकाधबाहेक कुनै जनसंगठनले प्रतिवेदन बुझाउन सकेका छैनन् । स्रोतका अनुसार, अनेरास्ववियु, युवा संघ, ट्रेड युनियनलगायत ठूला जनआधारित संगठनमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवैले आँखा गाडेका छन् ।

युवा संघमा त लफडै भएको स्रोत बताउँछ । केही समयअघि वाईसीएलका अध्यक्ष एवम् ने क पाका केन्द्रीय सदस्य दीपशिखा, युवा संघका अध्यक्ष रमेश पौडेललगायतको प्रतिनिधि मण्डल पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका थिए । भेटमा अध्यक्ष ओलीले ‘युवा संघको झन्डा मैले कोरेको हुँ’ ‘नाम मैले नै जुराएको हुँ’ भन्दै कड्किएको स्रोत बताउँछ ।

त्यसपछि वाईसीएल अध्यक्ष दीपशिखा ‘अध्यक्ष ओलीमा अहङ्कार’ बढेको भन्दै रिसाएर हिँडेको र मिटिङ नै बस्न नसकेको स्रोत बताउँछ । त्यतिमात्र नभई भेटमा अध्यक्ष ओलीले नेतृत्व पनि युवा संघलाई नै दिनुपर्ने ‘तपार्ईं केन्द्रीय सदस्य भइहाल्नुभयो’ भन्दै दीपशिखालाई नेतृत्वको दाबी छाड्न भनेका थिए ।

अनेरास्ववियुको पनि अवस्था त्यस्तै 

ने क पाको अर्को महत्त्वपूर्ण भ्रातृ संगठन अनेरास्ववियुको समस्या पनि उस्तै छ । 

रवीन्द्र अधिकारी, हितमान शाक्य, रञ्जित तामाङ र नवीना लामा सम्मिलित कार्यदलले संगठनको नाम, केन्द्रीय कमिटीको संख्या टुंगो लगाइसकेको छ । कार्यदलले संगठनको नाम ‘अनेरास्ववियू’ तय गरेको छ भने केन्द्रीय कमिटी ४९९ को रहने सहमति गरेको छ । तर, नेतृत्वमा भने विवाद रहेको नवीना लामाले बताइन् ।

स्रोतका अनुसार अनेरास्ववियुकी अध्यक्ष लामा सांसद् भएकीले अध्यक्ष बन्न मापदण्डले दिँदैन । त्यसैले स्वतः अध्यक्ष आफूले पाउनुपर्ने माग अखिल क्रान्तिकारीको छ । तर, अनेरास्ववियुका महासचिव ऐन महर नेतृत्वका दाबी गर्र्दै नेताहरूको घरदैलो गरिरहेकाले सहमति जुट्न सकेको छैन ।

ईश्वर पोखरेलको मौनता 

प्रदेश कार्यदलको सिफारिसप्रति नेता नेपाल पक्ष चरम असन्तोष प्रकट गरिहँदा पूर्वएमालेका महासचिवसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल मौन छन् ।  पार्टी एकीकरणताका आफूलाई महासचिवबाट स्थायी कमिटीमा सीमित गराउँदा नेपाल मौन बसेकाले यसविषयमा उनी मुख खोल्ने पक्षमा नरहेको पोखरेलनिकट स्रोत बताउँछ ।

तथापि पोखरेल विधि, विधान, पद्दतिभन्दामाथि कोही नरहेकाले सोहीअनुसार तलका कमिटी एकीकरण हुनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro