site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको प्रवक्तामा नारायणकाजी श्रेष्ठको विकल्प छैन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ने क पाका अध्यक्ष केपी शर्मा ओलीसँग चर्काचर्की भएपछि प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै अस्वीकृत गर्न नेतृत्वमा दबाब परेको छ । तर नेता श्रेष्ठले आफूले राजीनामा फिर्ता लिनेबारेमा कुनै निर्णय नगरेको बताएका छन् ।

उनले यस विषयमा पार्टीको सचिवालय बैठकमै कुरा राख्ने बताएका छन् । नेकपामा सचिवालय सदस्यबाटै प्रवक्ता बनाइएको छ । प्रवक्ताबाहेकका कि  पूर्वप्रधानमन्त्री छन् कि मन्त्री नै । त्यसैले पनि श्रेष्ठको विकल्प नभएको नेताहरु बताउँछन् । सचिवालय सदस्यमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरेल र थापा मन्त्री छन् भने गौतमलाई पनि फेरि संसदको चुनाव गराएर सांसद बनाउने तयारी छ । प्रवक्ताबाट राजीनामा दिएका श्रेष्ठको १२ दिन बितिसक्दा पनि राजीनामा भने स्वीकृत भएको छैन । सचिवालय सदस्यभन्दा बाहिरबाट बनाउन पार्टीको विधान संशोधन गर्नुपर्ने नेताहरुको भनाई छ ।

ने क पा विधान संशोधन गरेर नयाँ प्रवक्ता बनाउने भन्दा पनि श्रेष्ठको राजनीनामा नै अस्वीकृत गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब परेको छ । तर पार्टीभित्र अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।  ने क पाका नेता सुवास नेम्वाङले प्रवक्ताको विषयमा नेताहरुले एकआपसमा छलफल गरेर मिलाउने बताए । उनले श्रेष्ठको राजीनामा फिर्ता हुने संकेत पनि गरे ।  उनको राजीनामा स्वीकृत गर्दा गलत सन्देश जाने भन्दै अहिले अस्वीकृत गर्नुपर्ने धारणा नेताहरुले राखेका छन् ।
“विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको हैसियतमा सचिवालयमा हामीले नै राखेका हौं,” नेम्वाङले भने, “उहाँहरु रहनुभएन भन्ने के हुन्छ भन्ने त प्रश्न रहन्छ नै । नारायणकाजी श्रेष्ठको विषयमा अन्य कुनै प्रक्रियामा जानुभन्दा पहिले नेताहरुबीचको सहमतिमा मात्रै टुंगो लगाउनुपर्छ ।”

Global Ime bank

ने क पा का युवा नेता योगेश भट्टराईले श्रेष्ठको राजीनामा फिर्ता हुुने बताए ।  “पार्टीले उहाँको राजीनामा स्वीकृत गर्ने भए गरिसक्थो, अब पार्टीले उहाँको राजीनामा गर्दैन, गर्न पनि हुँदैन,” उनले भने, “उहाँ नै प्रवक्ता हुनुहुँन्छ, उहाँको विकल्प छैन ।”
ने क पाका अर्का युवा नेता घनश्याम भुसालले पनि पार्टीले श्रेष्ठको राजीनामा अस्विकृत गर्नुपर्ने बताए ।

“कहीँ जान नहुने केही बोल्न नहुने हो भने र नारायणकाजीलाई जसरी नै बदल्दै जाने हो पार्टीमा कोही पनि रहँदैन,” भुसालले बाह्रखरीसँग भने, “नारायणकाजीले केसीलाई नभेट्नू भनेर कहीँ पार्टीको विधानमा त लेखेको छैन नि । यदी नाराणकाजीको ठाउँमा अर्काे कोही व्यक्ति ल्याउने हो भने भोलि त्यसले पनि बोल्छ उसलाई पनि फेर्नुपर्ने हुन्छ । त्यसैले उहाँले केसीलाई भेट्नु कुनै गल्ती होइन । त्यस्ता कुराले प्रवक्ता बदल्न पर्ने कारण नै छैन । अब उहाँ नै पार्टी प्रवक्ता रहनुहुन्छ, कुनै विकल्प छैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय