site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी नेताहरूको प्रस्ताव : नेता, कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले पार्टीका नेता, कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव गरेका छन् ।

सोमबारको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखेका हुन् । पार्टी अध्यक्ष पनि महिनामा कम्तीमा तीनपटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरूले आवाज उठाएको बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरूले बताएको पनि जानकारी दिए ।

उनले भने, "आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडले बोल्नुभयो । सबैको के छ भने स्पष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने छ । अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा पनि महिनामा तीनपल्ट अध्यक्ष पनि जोडिनुपर्छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ । काँठ अभियान, विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । संसद् छिटोभन्दा छिटो बोलाउन दबाब गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको कार्यतालिका तोक्नुपर्ने भन्ने अधिकांशको भनाइ छ । प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक छ भन्नेकुरा उठाउनुभएको छ । पहिचानबारे सशक्त कुरा उठेको छ । स्वायत्तताबारे पनि सशक्त कुरा उठेको छ ।"

बैठकमा नेताहरूले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताए ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro