site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुईतिरै कार्यालय खाली, बालुवाटारमै चल्छन् पार्टी बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मुख्य कार्यालय धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालय सिंगारिएका छन् । नेताहरुका लागि चिटिक्कका कार्यालय, बैठक हल सबै सुविधा छ ।  दुई पार्टीबीच जेठ ३ गते एकता भएपछि यी कार्यालय पहिलेभन्दा थप सिंगारिएको छ । तर पनि शीर्ष नेता कार्यालय नै पुग्दै पुग्दैनन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक महिनाको १ गते धुम्वाराही र १५ गते पेरिसडाँडामा कार्यकर्ता भेट गर्ने कार्यसूची बनाए । दाहालले पनि कार्यकर्ता भेटघाट अब कार्यालयबाटै गर्ने भनेर सार्वजनिक सूचना नै जारी गरे । 
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १ गते धुम्बाराही पुगेर उनले कार्यकर्ता भेट गरे । निर्देशन पनि दिए ।  उनले नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार प्रसार तीव्र पार्न कार्यकर्तालाई निर्देशन पनि दिए । तर १५ गते पेरिसडाँडा जानै भ्याएनन् अर्थात गएनन् ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

नेताहरु विष्णु रिमाल, कृष्ण गोपाल श्रेष्ठ, श्रीराम ढकाल र प्रल्हाद बुढाथोकीको पहलमा दुवै ठाउँका कार्यालय तयार पारिएको छ । अध्यक्षद्वय, महासचिव र प्रवक्ताका लागि दुवै कार्यालयमा छुट्टा–छुट्टै कार्यकक्ष निर्माण गरिएको छ ।
धुम्बाराहीमा पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठका लागि छुट्टै कोठा र कुर्सीहरु थपिए । त्यस्तैगरी सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल र रामबहादुर थापाको लागि छुट्टा–छुट्टै कार्यकक्ष बनाइयो ।
त्यतैगरी पेरिसडाँडामा पनि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलका लागि छुट्टै कार्यकक्ष तयार पारियो । 

कार्यालय प्रमुख प्रल्हाद बुढाथोकीका अुनहार अहिलेलाई दुवै कार्यालयलाई मुख्य कार्यालय बनाइएको छ । पेरिसडाँडाबाट विभागीय र धुम्बाराहीबाट सचिवालयको काम भइरहेको छ । तर शीर्ष नेता कार्यालय पुग्दै पुग्दैनन् । अध्यक्ष ओलीले पार्टीका हरेक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउने गरेका छन् । केन्द्रीय समितिको बैठकदेखि संसदीय दलको बैठकसम्म सरकारी निवास बालुवाटारमै बोलाइन्छ । अर्का अध्यक्ष दाहालले पनि हरेक भेटवार्ता निवासमै गर्छन् । 

Global Ime bank

यसअघि महत्वपूर्ण भेटवार्ता घरमा नगरेर कार्यालयमा गरिने भन्दै प्रचार गरिएको भए पनि उनी कार्यालय कमैमात्र जान्छन् । 

बाबुरामको कार्यकक्षमा ओली 
\"\"

अहिले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । पेरिसडाँडामा पार्टी अध्यक्ष दाहालको नजिकै भट्टराईको कार्यकक्ष थियो ।  पार्टी परित्याग गरेपछि वरियताको आधारमा भट्टराईको कार्यकक्षमा वर्तमान सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बसे । त्यही कार्यकक्ष अहिले अध्यक्ष ओलीको लागि तयार पारिएको छ ।

पार्टी एकतापछि दुवै नेता खासै कार्यालय पुगेका छैनन् । “कार्यालयको काम भर्खरै सकिएको छ । धुम्बाराही कार्यालय सहयोगी देवचन्द्र पासवानले भने, “अब दुवै अध्यक्ष कार्यालय आउनुहुन्छ होला । अरु नेताहरु नाराणकाजी श्रेष्ठ, देवेन्द्र पौडेललगायतका नेताहरु भने आइरहनु भएको छ । उहाँहरुको भेटघाट पनि निवासबाट नै हुन्थ्यो अब हुँदैन ।”

पेरिस डाँडाका कार्यालय प्रमुख बुढाथोकीले पनि अब दुवै अध्यक्षको भेटघाटलयातको काम कार्यालयबाट हुने विश्वास व्यक्त गरे ।  नेकपाका अध्यक्षद्वय ओली र दाहालले महिनाको पन्ध्र–पन्ध्र दिनमा कार्यकर्तालाई भेट्ने कार्यक्रम तय गरेका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटार र प्रचण्डले आफ्नो निवास खुमलटारबाटै भेटघाट गर्दै आएका छन् ।

\"\"

केपी शर्मा ओली र पुष्पकमल दाहालले व्यस्तताको कारण कार्यालय जान नभ्याएको उनीहरुको सचिवालयले बताएको छ ।  “महिनामा दुई चोटी कार्यालय गएर कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम हो । तर, प्रधानमन्त्रीज्यूको व्यस्तताको कारण कार्यालय जान भ्याउनुभएको छैन,” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि व्यस्तताको कारण कार्यालय जान नपाएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय