site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीश अनुमोदनमा ने क पालाई सकस
SkywellSkywell

काठमाडौं । शैक्षिक प्रमाणपत्र र अन्तरिम आदेश विवादमा तानिएपछि प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीको अनुमोदन गर्न ने क पालाई सकस परेको छ । बिहीबारै सुनुवाइ सकिएको भए पनि चार दिन बित्दा पनि समिति निर्णयमा पुग्न नसकेको हो ।

सोमबार बिहानसम्म समितिका सदस्यहरू प्रधानमन्त्रीको लाइन पर्खिएर बसेका छन् भने प्रधानमन्त्रीले समिति स्वयम् सार्वभौम भएकाले ‘विवेकसम्मत’ निर्णय गर्न बाटो खुल्ला गरिदिइसकेका छन् ।

अनुमोदन नहुने सम्भावना प्रबल
सुनुवाइ सकिइसकेको चार दिन बित्दा पनि अनुमोदन नहुनुको कारण प्रस्तावित प्रधानन्यायाधीश जोशीको जवाफ चित्तबुझ्दो नहुनु रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । “यत्तिका दिनसम्म पनि अनुमोदन नहुनु भनेको कामु प्रधानन्यायाधीशका जवाफ सांसदहरुले रुचाउनुभएको छैन । उहाँहरू छलफलमै हुनुहुन्छ,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “अनुमोदन प्रक्रिया लम्बिएपछि बुझ्नुपर्छ, विषय धेरै जटिल छ ।”

KFC Island Ad
NIC Asia

प्रधानन्यायाधीश अनुमोदन नहुन सक्नेतर्फ इंगित गर्दै उनले भने, “यद्यपि समिति सार्वभौम हो, प्रधानमन्त्रीले यसमा केही भन्न मिल्दैन ।” संसदीय दलको नेताको हैसियतमा पनि प्रधानमन्त्रीले विवेकसम्मत निर्णय गर्न भनेको स्रोतको दाबी छ । स्रोतले यस विषयमा प्रधानमन्त्रीले राय, सुझाव दिएको भन्ने विषयसमेत अस्वीकार ग¥यो ।

बिहीबारै सुनुवाइ प्रक्रिया सकिएको भए पनि समितिले अनुमोदन गर्ने–नगर्ने विषय निरूपण हुन नसकेपछि बैठक सोमबार (आज) दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
४ महिनादेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश मुकरर रहेका जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको छ ।

Royal Enfield Island Ad

सुनुवाइका क्रममा सांसदहरूले झन्डै ४० मिनेट प्रश्न उठाएका थिए तर जोशीले जम्माजम्मी दश मिनेट जवाफ दिएको भन्दै सांसदहरू रुष्ट बनेको समितिका सदस्य बताउँछन् ।
सुनुवाइका क्रममा जोशीले शैक्षिक प्रमाणपत्र नै बुझाएका भए पनि विवाद नटुंगिएको समितिका सदस्यको भनाइ छ । 

सत्तारूढ दलका सांसद योगेश भट्टराईले भित्रि कुरा थाहा नभएको बताउँदै समितिका सभापति रहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले कांग्रेसका सांसदहरूको विषेश काम परेकाले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

यता विपक्षी दलका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रधान्यायाधीशबारे सांसदहरूले अध्ययन गरिरहेको जानकारी दिँदै अनुमोदन गर्ने–नगर्ने समितिको विषय भएको बताए । “अघिल्ला सुनुवाइहरू पनि केही लम्बिएका छन् । प्रकृति हेरेर चाँडो–ढिलो हुन्छ,” उनले थपे । उनले सम्भवतः सोमबारको बैठकले निर्णय गर्ने जानकारी दिए ।

प्रश्न उठेपछि निर्णय अनुमोदन नगरौँ 
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेकाले निर्णय अनुमोदन नगर्न सत्तारूढ दलका सांसदलाई गाह्रो छ । तर समिति सार्वभौम भएकाले अनुमोदन नगर्न पनि सक्ने बताउँछन् समितिका सदस्य । सुनुवाइ भएको तीन दिनसम्म पनि निर्णय नहुँदा कतै भित्रभित्रै चलखेल त भइरहेको छैन भन्दै विपक्षी दल सशंकित बनेको छ ।
मुलुकका प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा आशिन हुन जाने व्यक्तिको शैक्षिक प्रमाणपत्रका आधारमा प्रश्न उठिसकेपछि अनुमोदन गर्न नहुने टिप्पणी हुन थालेको छ । “अन्य देशमा आफ्नाबारेका नैतिकताको प्रश्न उठिसकेपछि ‘म यो पदका लागि अयोग्य रहेछु’ भनेर हात उठाउने प्रचलन छ, हामी पनि अभ्यासकै क्रममा छौँ,” सुनुवाइकै दिन एमाले सांसद सुरेन्द्र पाण्डेले भनेका थिए ।

त्यस्तै सत्तारूढ दलकै सांसद योगेश भट्टराईले जोशीको प्रमाणपत्रसम्बन्धि बाहिर आएका टिप्पणीबारे प्रश्न उठाएका थिए ।  “फरकफरक परीक्षामा एउटै सिम्बोलन नम्बर देखिएको छ, यो कसरी भयो ?,” उनको प्रश्न थियो । संविधानतः संवैधानिक परिषद्को सिफारिस अनुमोदन नगर्न दुई तिहाई सांसदको जरुरत पर्दछ । समितिमा भएका १५ जना सांसदमध्ये दशजना सत्तापक्ष (नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम) कै छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro