site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित प्रधानन्यायाधीशको अनुमोदन सरेको सर्‍यै
SkywellSkywell

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले समयमै निर्णय नलिँदा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीको अनुमोदन प्रक्रिया सरेको सर्‍यै भएको छ । बिहीबारै सुनुवाइ प्रक्रिया सकिएको भए पनि समितिले अनुमोदन गर्ने–नगर्ने विषय निरूपण भएको छैन । बैठक भोलि सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

४ महिनादेखि सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश रहेका जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको छ । बिहीबारको बैठकमा सांसदहरूले झन्डै ४० मिनेट जोशीविरुद्ध प्रश्न उठाएका थिए । तर, जोशीले जम्माजम्मी दश मिनेट जवाफ दिएर टार्न खोजेको भन्दै सांसदहरू रुष्ट बनेको समितिका सदस्य बताउँछन् । सुनुवाइका क्रममा जोशीले शैक्षिक प्रमाणपत्र नै बुझाएको भए पनि विवाद नटुंगिएको समितिका सदस्यको भनाइ छ ।

KFC Island Ad
NIC Asia

संसदीय सुनुवाइ समितिका सदस्य तथा सत्तारूढ दल ने क पाका सांसद योगेश भट्टराईले भित्रि कुरा थाहा नभएको बताउँदै समितिका सभापति रहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले कांग्रेसका सांसदहरूको विषेश काम परेकाले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको बताए । 

यता, विपक्षी दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधान्यायाधीशबारे सांसदहरूले अध्ययन गरिरहेको जानकारी दिँदै अनुमोदन गर्ने–नगर्ने समितिको विषय भएको बताए । “अघिल्ला सुनवाइहरू पनि केही लम्बिएका छन् । प्रकृति हेरेर चाँडो–ढिलो हुन्छ,” उनले भने ।

Royal Enfield Island Ad

‘प्रश्न उठेपछि निर्णय अनुमोदन नगरौँ’ 
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेकाले निर्णय अनुमोदन नगर्न सत्तारूढ दलका सांसदलाई गाह्रो छ । तर समिति सार्वभौम भएकाले अनुमोदन नगर्न पनि सक्ने बताउँछन् समितिका सदस्य । सुनुवाइ भएको तीन दिनसम्म पनि निर्णय नहुँदा कतै भित्रभित्रै चलखेल त भइरहेको छैन भन्दै विपक्षी दल सशंकित बनेको छ ।
प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा आशिन हुन जाने व्यक्तिको शैक्षिक प्रमाणपत्रका आधारमा प्रश्न उठिसकेपछि अनुमोदन गर्न नहुने टिप्पणी हुन थालेको छ ।

“अन्य देशमा आफ्नाबारेका नैतिकताको प्रश्न उठिसकेपछि ‘म यो पदका लागि अयोग्य रहेछु’ भनेर हात उठाउने प्रचलन छ, हामी पनि अभ्यासकै क्रममा छौँ,” सुनुवाइकै दिन ने क पाका सांसद सुरेन्द्र पाण्डेले भनेका थिए ।

त्यस्तै सत्तारूढ दलकै सांसद योगेश भट्टराईले जोशीको प्रमाणपत्रसम्बन्धी बाहिर आएका टिप्पणीबारे प्रश्न उठाएका थिए ।  “फरकफरक परीक्षामा एउटै सिम्बोल नम्बर देखिएको छ, यो कसरी भयो ?” उनको प्रश्न थियो ।

संविधानतः संवैधानिक परिषद्को सिफारिस अनुमोदन नगर्न दुईतिहाई सांसदको जरुरत पर्छ । समितिमा भएका १५ जना सांसदमध्ये दशजना सत्तापक्ष (नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम) कै छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro