site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
प्रविधिले बढायो पेनाल्टी, रोनाल्डो र मेस्सीकै चर्चा
SkywellSkywell

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा समुह चरणका खेल भइरहेका छन् । समुह चरणका खेल भइरहँदा विभिन्न टिमले पाएको पेनाल्टीको चर्चा भइरहेको छ । हुनपनि रसिया विश्वकपमा पेनाल्टीको सदुपयोग गर्न सक्ने खेलाडी क्रिष्टियानो रोनाल्डो र पेनाल्टी मिस गर्ने खेलाडीमा लियोनल मेस्सीको नाम चर्चामा रह्यो ।

क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी गएको हप्ता मेस्सी पेनाल्टी गोलमा चुकेपछि उनीहरुबीच को महान ? भन्ने सम्मका चर्चा चले । रोनाल्डोले स्पेनविरुद्ध खेल शुरु भएको ४ औं मिनेट पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । रोनाल्डो यस विश्वकपमा धेरै गोल गर्ने खेलाडीका रुपमा पर्छन् ।

तर, यता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको हकमा पेनाल्टी भारी भयो । उनले अर्जेन्टिना र आइसल्याण्डबीचको खेलमा पाएको पेनाल्टीमा चुके । आइसल्याण्डसँगको खेलमा १—१ गोल बराबरी खेले । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेको भए अर्जेन्टिनाले पहिलो खेल जितेको हुन्थ्यो र नकआउट चरणमा पुग्ने सम्भावना अहिलेको जस्तो कठिन हुँदैनथ्यो । 

KFC Island Ad
NIC Asia

त्यस्तै, अर्को पेनाल्टी पेरु र डेनमार्कबीचको खेलमा पेरुका खेलाडी क्रिष्टियन क्युभाले त्यसैगरी चुके । उक्त पेनाल्टी चुकेपछि डेनमार्कसँग पेरुले पराजय भोग्नुपर्यो ।

रसिया विश्वकपमा अर्को पेनाल्टी चुकाउने खेलाडी आइसल्याण्डका गेलिफी सिर्डसन हुन् । आइसल्याण्ड र नाइजेरियाविरुद्धको खेलमा सिर्डसनले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा २—० गोल अन्तरले पराजित भयो । अहिले आइसल्यान्डको नकआउट चरण चुनौतिपूर्ण भएको छ ।

रसिया विश्वकपमा भएका अहिलेसम्मका खेलमा कतिपेनाल्टी दिइयो? कति पेनाल्टीमा गोल भए वा गोल हुन सकेनन् ? र यसअघिका विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी कति भए ?

रसिया विश्वकपमा अहिलेसम्म भएका ३२ खेलमा १६ पेनाल्टी दिएको छ । जसमध्ये भिडियो असिस्टेन्ट रेफ्रि (भीएआर) बाट ६ पेनाल्टी दिइएको छ । १६ पेनाल्टीमध्ये १३ वटा पेनाल्टी गोलमा परिणत भएका छन् भने ३ वटा पेनाल्टी असफल भएका थिए ।

\"\"

विश्वकपमा १८ पेनाल्टीको रेकर्ड
 

यसअघिका विश्वकपमा सबैभन्दा धेरै १८ पेनाल्टी पाएको रेकर्ड छ । सन् १९९०, १९९८ र २००२ को तीनै संस्करणको विश्वकपमा समान १८–१८ पेनाल्टी पाएका थिए ।

विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सन् १९८२ मा दिइएको थियो । यसअघिको विश्वकपमा पेनाल्टी दिने प्रचलन खासै नभएपनि अन्य प्रतियोगिताहरूमा भने पेनाल्टी दिने गरिन्थ्यो । सन् १९८२ को विश्वकपको सेमिफाइनलमा जर्मनी र फ्रान्सबीचको खेलमा पहिलो पटक पेनाल्टी दिइएको थियो ।

यो खेलमा जर्मनी र फ्रान्सले निर्धारित समय र थप गरिएको समयमा पनि ३—३ गोलको बराबरी खेलेपछि पहिलो पटक विश्वकपमा पेनाल्टीबाट खेलको टुंगो लगाइएको थियो । पेनाल्टी सुटआउटमा जर्मनीले फ्रान्सलाई ५–४ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको इतिहास छ ।

प्रविधिले बढायो पेनाल्टी
रसिया विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग व्यापक रुपमा भएको छ । भने यसको आलोचना पनि उतिकै रुपमा भएको छ । 

भीएआर प्रविधि स्वच्छ खेलको रुपमा मानिएपनि फुटबलकै हस्ती तथा राष्ट्रले हटाउनुपर्ने तर्क पनि राखेका छन् । हुन त यो भीएआर प्रविधि यसै विश्वकपदेखि सुरुवात गरिएको हो । यसअघि फिफा कन्फिडेरेसन कपमा पनि यो प्रविधि प्रयोग गरिएको थियो ।
रेफ्रीले नदेखेको अवस्थामा अथवा रेफ्रि चुकेको अवस्थामा भीएआरले म्याच रेफ्रिलाई फलको संकेत गर्छन् । म्याच रेफ्रिले भीएआरले उपलब्ध गराएको भिडियो हेरेर निर्णय गर्छन् ।

समूह इ मा रहेको ब्राजिल र कोष्टारिकाबीचको खेलमा नेयमारलाई लडाएको भन्दै रेफ्रिले पेनाल्टी दिइसकेका थिए । तर, भीएआरको रिभ्युपछि रेफ्रिले त्यो गल्तीलाई सच्याउँदै पेनाल्टी नभएको इसारा गरे । विश्वकपमा अझै आधाभन्दा बढि खेल बाँकी छ । यहि अनुपातमा पेनाल्टी हुँदै जाने हो भने विश्वकपको इतिहासमा यो विश्वकप सबैभन्दा बढि पेनाल्टी भएको विश्वकप हुने निश्चित छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro