site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बईको सहज जितमा रोहित र सूर्यकुमारको अर्धशतक

काठमाडौं । ओपनर रोहित शर्मा र सूर्यकुमार यादव चम्कँदा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार चेन्नाई सुपर किंग्समाथि नौ विकेटको सहज जित दर्ता गरेको छ । वान्खडे रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७७ रनको लक्ष्य घरेलु टोली मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

मुम्बईको जितमा रोहितले ४५ बलमा ६ छक्का चार चौकासहित अविजित ७६ रन बनाए । सूर्यले ३० बलमा ६ चौका र पाँच छक्कासहितले अविजित ६८ रन थपे । रायन रिकेल्टनले २४ रन बनाए ।

चेन्नाईबाट एक मात्र विकेट रवीन्द्र जडेजाले लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७६ रन बनाएको थियो ।

चेन्नाईका रवीन्द्र जडेजाले ३५ बलमा चार चौका र दुई छक्कासहित अविजित ५३ रन जोडे । शिवम दुबेले ३२ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५० रन थपे । आयुष म्हात्रेले ३२ र शेख राशिदले १९ रन बनाए ।

मुम्बईका जसप्रीत बुमराहले दुई विकेट लिए । अश्विनी कुमार, दीपक चहर र मिचेल स्यान्टनरले समान एक विकेट लिए । 

जितसँगै आठ खेलबाट आठ अंक जोडेको मुम्बई छैटौँ स्थानमा छ । पराजित चेन्नाई समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro