site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नुवाकोटकी दीपा पहरीको टाउको दुखेपछि वीर असपताल पुगिन् । टाउकोमा समस्या रहेकाले एमआरआई गनुपर्ने अस्पतालका चिकित्सकले बताए । तर, अस्पतालमा केही सातादेखि एमआरआई मेसिन नै बिगे्रर थन्किएको रहेछ । 
धादिङकी कमला पौडेलले पनि वीरको एमआरआई बिग्रेकाले निजी अस्पताल जानुपर्यो । बूढानिलकण्ठकी हेमकला पाख्रिनकी छोरी लता पाख्रिनको पनि वीरमा एमआरआई हुन सकेन । वीर अस्पतालको एमआरआई मेसिन बिग्रेर थन्किएपछि न्यून आय भएका बिरामी चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउन बाध्य छन् ।
अस्पतालमा हरेक दिन एमआरआई गनुपर्ने बिरामी १५ देखि २० जना आउने गरेको अस्पतालको भनाइ छ । तर, एक महिनादेखि अस्पतालमा रहेको एमआरआई मेसिन बिग्रिएर थन्किएको छ । 
अस्पतालकी खरिद शाखा प्रमुख भगवती थपलियाले एमआरआई मेसिनको हार्डवेयर ल्याउन सबै रकम भुक्तानी गरिसकेको तर अहिलेसम्म नआएको बताइन् । “हामीले हरेक दिन चाडो ल्याउनुपर्यो भनेर कम्पनीलाई भनिरहेका छौं,” उनले भनिन् । 
एमआरआई मेसिन मर्मतका लागि अझै केही दिन लाग्ने अस्पतालका रेडियोलोजी विभाग प्रमुख सरोज शर्माले बताए । “सिगापुरबाट आउने भएकोले अझै केही साता लाग्ला । संवेदनशील मानिने यो मेसिनलाई २४ सै घन्टा चिसो कोठामा राख्नुपर्ने हुन्छ । तर, पटक पटक बिजुली जाने समस्याले मेसिनलाई दुरुस्त राख्न समस्या छ,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro