site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते
प्रतीकात्मक तस्बिर ।

तानसेन (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिका–४, मलेङस्थित बेलडाँडामा आइतबार साँझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

लु १ ज १७२४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा नौजना सवार थिए । घाइतेमध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । साँघुरो घुम्तीका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro