site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फोरम सरकारमा, राजपा अलमलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । मधेस केन्द्रित दल संघीय समाजवदी फोरम नेपाल सरकारमा सहभागी हुँदा अर्काे मधेसी दल राष्ट्रिय जनता पार्टी भने अलमलमा छ । केही दिनअघि सरकारसँग संविधान संशोधनलगायत विषयमा दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी भएको हो । 

राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु तत्काल सरकारमा सहभागी नहुने बताएको छ । एक नेताका अनुसार राजपाले पर्ख र हेरको नीति अवलम्बन गरेको छ । सरकारले नराम्रो काम गरे विश्वासको मत फिर्ता लिने चेतावनीसमेत राजपाले दिएको छ ।

“संविधान संशोधन हुनुपर्ने, कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको शपथ ग्रहण हुनुपर्ने, मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्नेलगायत माग राजपाले सरकारसँग राखेको छ । राजपाले आफूहरुको माग पूरा गरेमा सरकारमा सहभागी हुने बताउँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजपाका महासचिव मनिष सुमनले पछिल्लो समय सरकार र आफूहरुबीच दूरी बढ्दै गएको बताउँदै सरकारमा सहभागी हुने कुनै टुंगो नभएको बताए । “प्रधामन्त्री केपी शर्मा ओलीजीले एक पटक हाम्रा नेता महन्थ ठाकुरलाई बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो, त्यसपछि हामी र सरकारबीच कुनै औपचारिक वार्ता भएको छैन । अनौपचारिक वार्ता भने सरकारमा सहभागी मन्त्री तथा नेताहरुसँग भएका छन्,” सुमनले भने । उनले आफूहरु अहिले सरकारमा सहभागी भन्दा पनि आफ्ना माग पूरा गर्न लागेको स्पष्ट पारे । 

राजपाका अर्का नेता अनिल झाले संविधान संशोधनको आशमा आफूहरुले सरकारलाई विश्वासको मत दिएको बताए । “संविधान संशोधनको आशमा हामीले प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई विश्वासको मत दियौं, सरकारले हाम्रो माग पूरा गर्छ भने हामी सरकार बाहिर रहेर पनि सहयोग गर्न तयार छौंं,” उनले भने । 

Global Ime bank

तत्काल भने राजपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने उनले बताए । “सरकारले गर्ने कामकारबाहीले विश्वासको मत फिर्ता लिने कि नलिने भन्ने निर्धारण हुन्छ, सरकारले राम्रो काम गर्छ भने हामी विश्वासको मत फिर्ता लिँदैनौं,“ झाले भने ।

फोरमसँगको सम्बन्ध के हुन्छ ?

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । फोरम केन्द्र सरकारमा सहभागी भए पनि ऊसँगको सम्बन्धलाई निरन्तरता दिइने राजपाले बताएको छ । 
राजपा नेता महेन्द्रराय यादवले आफूहरुको प्रदेश सरकार पाँच वर्ष टिक्ने दाबी गरे ।

“प्रदेश नम्बर २ मा हाम्रो र फोरमबीचको सरकार छ । हाम्रो सरकार पाँच वर्षसम्म टिक्छ, बाहिर हल्ला भएको जस्तो होइन । वाम गठबन्धनको पनि हामीलाई सहयोग छ । वाम गठबन्धनले प्रदेशमा हामीलाई सहयोग गर्यो, हामीले केन्द्र सरकारमा गर्यौं,” यादवले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय