site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रमा एकता, प्रदेश र जिल्लामा दुवै पार्टी ‘जीवितै’
SkywellSkywell

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) गठन भए पनि प्रदेश र जिल्लामा भने दुवै पार्टीको अस्तित्व अझै मेटिइसकेको छैन । जिल्ला र स्थानीय तहहरूमा एकीकरणको प्रक्रिया सुरू भएकै छैन । एमाले र माओवादी केन्द्रले साविककै पार्टीबाट कार्यसम्पादन गर्दै आइरहेका छन् । त्यस्तै दुवै पार्टीका जनसंगठनहरूको पनि अलग–अलग अस्तित्व जीवितै छ । र, दुवैले साविकको संगठनकै ब्यानरमा आफ्ना गतिविधि गरिरहेका छन् ।

जिल्ला समन्वय समितिले आयोजना गर्ने कार्यक्रम, जिल्ला र प्रदेशमा हुने सर्वदलीय, सर्वपक्षीय भेला, बैठकमा मात्र होइन, सार्वजनिक कार्यक्रममा समेत दुवै पार्टीले अलग–अलग प्रतिनिधि पठाउने गरेको पाइएको छ ।

तत्कालीन एमालेका काठमाडौँ जिल्ला कमिटी अध्यक्ष रहेका कृष्ण राईले केन्द्रबाट कुनै कार्यविधि र निर्देशन नआउँदा एमाले र माओवादी केन्द्रले स्वविवेकले कार्य गरिरहेको बताउँछन् ।
“केन्द्रबाट कुनै निर्देशन आएको छैन । अहिलेसम्म दुवै पार्टीले आ–आफ्ना काम गर्दै आएका छन्,” बाह्रखरीसँग कुरा गर्दै उनले भने । नवगठित नेकपाका केन्द्रीय सदस्यसमेत रहेका राईले निर्देशन नआउँदा अन्योल बढेको र स्वविवेक प्रयोग गरेर काम गरिरहेको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

त्यस्तै तत्कालीन माओवादी केन्द्रका ओखलढुंगा इन्चार्ज र पोलिट्व्युरो सदस्य बाबुराम गौतमले जिल्ला र प्रदेशमा दुवै पार्टीको अस्तित्व रहेको बताए । केन्द्रमा एकीकरण भएकाले दुवै पार्टी एक भएर एउटै कार्यालयबाट पार्टीका दैनन्दिनका काम भए पनि तल भने दुवै पार्टीको अस्तित्व रहेको उनले जानकारी दिए । 

“माथि कार्यदल बनेर त्यसले एकीकरणको खाका बनाउँदैछ । सायद कार्यविधि पनि बनाउला । केन्द्रीय कमिटीले अनुमोदन नगरेसम्म तल एकीकरणको प्रक्रिया सुरू हुँदैन र दुवै पार्टीको अस्तित्व रहन्छ,” उनको भनाइ थियो ।

Royal Enfield Island Ad

जिल्लामा हुने सर्वपक्षीय भेला तथा बैठकमा दुवै पार्टीले आ–आफ्ना कमिटीको बैठक बसेर प्रतिनिधि पठाउने गरेको र एकीकरणको प्रक्रिया प्रदेश हुँदै गाउँनगरसम्म नहुँदासम्म साविककै कमिटीले काम गर्ने उनको जिकिर थियो ।

कहिले सुरु हुन्छ एकता ?
जेठ ३ गते दुवै पार्टीको एकीकरणपश्चात् जेठ ७ गते नेकपाको पहिलो सचिवालय बैठक बसेको थियो । बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिनुका अतिरिक्त दुवै पार्टीका जनवर्गीय संगठन र प्रदेश, जिल्ला, गाउँनगरसम्म एकीकरणको मापदण्ड तयार कार्यदल निर्माण गरेको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, देव गुरुङ र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

१५ दिन कार्यअवधि तोकिएको कार्यदलले निर्दिष्ट समयभित्रैमा एकीकरणको खाका तयार पार्ने तयारी गरिरहेको देव गुरुङले जानकारी दिए । “समय–समय बैठक बसेर एकीकरणको प्रारूप तयार पारिरहेका छौँ । सचिवालयले तोकेको समयभित्रमै कार्यसम्पादन गरिसक्छ,” उनले भने ।

दुई पार्टी एक भइसकेकाले मातहतका कमिटीका कार्यसम्पादनमा कुनै असर नपरेको र तल पनि स्वभाविक ढंगले नै कमिटी प्रणालीमा सञ्चालन भइरहेको उनको जिकिर थियो ।

कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयले अनुमोदन गरेपछि मातहतका कमिटीहरूबीच एकता प्रक्रिया शुरू गरिने गुरूङले जानकारी दिए । जेठ २२ गतेसम्म कार्यदलको म्याद रहेकाले जेठको अन्तिम साताबाटै दुवै पार्टीका जनसंगठन, प्रदेश, जिल्ला र गाउँ नगर कमिटीबीच एकता प्रक्रिया शुरू हुने कमिटीका सदस्य बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro