काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले आफू मुख्य नाइके नभएको बयान दिएका छन् ।
उनले आफू छिरिङको मान्छे भएकाले सबै कुरा छिरिङ र प्रहरीतर्फको सेटिङ श्याम खत्रीले मिलाउने बयानमा उल्लेख गरेका छन् ।
“म कुनै नाइके होइन । मभन्दा ठूलो सनम थियो । छिरिङले माथिसम्म लाइन मिलाउँछन् । म प्रतिवादी छिरिङको लाइनमा बसेर इन्डियन व्यापारीको काम गर्ने सामान्य मानिसमात्र हुँ । प्रहरी सेटिङका नाइके श्याम खत्री हुन् ।”
उनले आफूमाथि लगाइएको आरोप झुठा भएको दाबी गरेका छन् ।
“त्यतिधेरै बिगोको सुनको कारोबार गर्ने भए आज मेरो आर्थिक हैसियत अर्कै हुने थियो । म छिरिङको लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ,” उनले भनेका छन् ।
यो पनि
गोरेले बयानमा भने– एसएसपी दिवेश लोहनीलाई चिन्दिन