site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेरिसडाँडामा कार्यकर्ताको गुनासो– एमाले भयौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालै विघटित नेकपा माओवादी केन्द्रको मुख्य कार्यालय पेरिसडाँडामा आइतबार केही पूर्वमाओवादी आफ्नो भविष्यको बारेमा चिन्तित देखिन्थे । 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि केही पूर्वमाओवादीहरु आफू र आफ्नो भविष्यको बारेमा चिन्तित भएका हुन् । माओवादी केन्द्र र नेकपा एमाले विघटन भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको चौथो दिनमा पेरिसडाँडामा धेरै उत्साह र केही अन्योल तथा आशंका देखिन्थ्यो । 

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य रतिम दैलेखीलाई आफू नेकपाको केन्द्रीय कमिटीमा रहन नपाउने हो कि भन्ने चिन्ता छ । “पहिला त माओवादी केन्द्रको केन्द्रीय सदस्य हो । अहिले नेकपा भएपछि केन्द्रीय कमिटीमा मेरो नाम रहँदैन कि भन्ने चिन्ता लागेको छ,” दैलेखीले भने । यस्तो चिन्ता अरु थुप्रै पूर्व केन्द्रीय सदस्यहरुको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटि निकै ठूलाृे भएकाले अधिकांश नयाँ कमिटिमा पर्ने छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘एमाले भयौं’ 
तत्कालिन एमाले र माओवादीबीच चुनाव भएको करिव नौ महिनापछि जेठ ३ गते पार्टी एकता भयो । एकताअघि ३ महिनासम्म पार्टीको सिद्धान्त, केन्द्रीय कमिटी र एकीकृत पार्टीको चुनाव चिन्हको बहस चलेको थियो । अहिले एकीकृत पार्टीको सिद्धान्त जनताको जनवादलाई बनाइएको छ ।

पेरिसडाँडामा भेटिएका पूर्व माओवादी नेता राम अधिकारीले एकीकृत पार्टीपछि आफूहरु एमाले भएको टिप्पणी गरे । “एकीकृत पार्टीमा माओवाद राखिएको भए माओवादी हुन्थ्यौं । एमालेले मान्दै आएको जनताको जनवाद राखिएको छ । पार्टीको चनाव चिन्ह पनि सूर्य नै राखिएको छ । हिजो प्रचण्डपथ मान्ने हामी माओवादीहरु मदनपथ मान्न बाध्य भएका छौं । हिजो माओवादी भन्दा गर्व लाग्थो, आज नेकपा भन्दा एकचोटी सोच्नुपर्ने भएका छौं । त्यसैले हामी एमाले भयौं,” उनले भने । 

Global Ime bank

कार्यकर्ता भाँडिने आशंका, विप्लवलाई फाइदा
एमालेसँगको एकतापछि रुष्ट भएका पूर्वमाओवादी नेत्रविक्रम चन्द विप्लवसँग जाने पेरिसडाँडामा भेटिएका केही माओवादी नेताहरुले आँकलन गरे । नेता हरि अर्यालले एकताबाट असन्तुष्ट कार्यकर्ता नेत्रविक्रम चन्द माओवादीमा फर्कन सक्ने बताए । “नेपालमा सबैभन्दा लामो इतिहास भएको पार्टी माओवादी केन्द्र हो । गणतन्त्र, धर्मनिरपेक्षता, संविधानसभाबाट निर्वाचन आदि उपलब्धी माओवादी केन्द्रको हो । आफूले प्राप्त गरेको एजेन्डा माओवादीले बेच्न जानेन,” अधिकारीले भने । 

बाबुराम भट्टराईप्रति पनि आक्रोश
हाल नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबराम भट्टराई पनि माओवादी केन्द्रमै थिए । एक दशकभन्दा बढी माओवादी केन्द्रमा रहेका भट्टारई वैकल्पिक शक्ति निर्माणको अभियानमा छन् । उनै भट्टराई तत्कालिन माओवादी केन्द्र एमालेसँग पार्टी एकतामा गएपछि खरो विरोधमा उत्रिए । उनले आफ्ना पूर्वसहयात्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी चलाउन नसकेर एमालेलाई बुझाएको आरोपसमेत लगाए । 

आइतबार पेरिसडाँडामा भेटिएका पूर्वमाओवादी केन्द्रका नेताहरु पनि बाबुरामप्रति असन्तुष्ट देखिए । संविधान जारी भएपछि भट्टराईले भनेजस्तै पार्टीको नाम परिवर्तन गरेर अगाडि बढेको भए माओवादी केन्द्र नेपालकै ठूलो पार्टी बन्न सक्ने दावी उनीहरुको छ । 

“संविधान जारी भएपछि भट्टराईले पार्टीको नाम परिवर्तन गरेर जाऔं भन्नुभएको थियो,”  पूर्वमाओवादी निशान भट्टले भने, “हाम्रो अध्यक्षले मान्नुभएन । पार्टी सोचेअनुरुप अगाडि बढ्न नसक्दा एमालेसँग एकता गर्नुपर्यो ।”

सिन्धुपाल्चोकका हेमन्त अर्यालले पनि बाबुरामप्रति आक्रोश देखाए । उनले भने, “बाबुरामलाई पार्टी एकता गरौं भनेर हाम्रो अध्यक्षले भन्नुभएको थियो । आफू पनि एकतामा नआउने अनि अरुले गर्दा पनि नराम्रो टिप्पणी गर्ने बाबुरामजीको सही तरिका भएन । समृद्धको यात्रामा मिलेर अगाडि बढ्छौं भन्दा बाबुरामजीलाई केको आपत्ति ?”

पार्टी एक, कार्यालय र ब्यानर दुई 

दुई पार्टी एक भएर नेकपा बने पनि पार्टी कार्यालय दुईटा छन्, धुम्बाराही र पेरिसडाँडामा । नेकपाले पार्टीको मुख्य कार्यालय पेरिसडाँडा र सहायक कार्यालय धुम्बाराही बनाउने निर्णय गरेको छ । धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा राखिएको बोर्डमा कम्युनिष्ट पार्टी अफ नेपाल र साइडमा सूर्य चिन्ह राखिएको छ । त्यसैगरी पेरिसडाँडामा राखिएको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको छ र हँसिया हथौडा चिन्ह राखिएको छ ।

एउटै पार्टीको व्यानर फरक हुनुलाई नेताहरुले सामान्य त्रुटी बताएका छन् । नेकपाका नेता नेता मणि थापाले व्यानर बनाउँदा सामान्य त्रुटी भएको भन्दै त्यसलाई ठूलो विषय बनाउन नहुने बताए । अर्का एक नेताले पनि एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको झन्डा हँसिया हथौडा राख्ने निर्णय भएकाले त्यहीअनुसार व्यानर फरक परेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय