site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सचिवालय बैठकमा प्रचण्डको दुईघण्टा ब्रिफिङ ! एमालेसँग एकता नभए के गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेसँगको एकता प्रक्रियाले गती लिन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी सचिवालय बैठकमा करिब २ घण्टा आफ्नो धारणा राख्दै विकल्पमा पनि सुझाव दिन सचिवालय सदस्यहरुसँग आग्रह गरेका छन् ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा दाहालले माओवादी केन्द्रलाई अब कुन दिशामा लैजाने ? भनि सुझाव मागेको बैठकमा सहभागी एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको पटक पटक भएको एकान्त वार्ता पनि निष्कर्षमा पुग्न लागेपछि दाहालले पार्टीमा सुझाव मागेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै पार्टीका नेता सम्मिलित संयुक्त कार्यदलले विवादित विषय टुंगो लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जिम्मा दिएपछि मात्रै दुई नेताबीच ६ पटकसम्म एकान्त वार्ता भएको थियो ।
सचिवालयका एक सदस्यका अनुसार बुधबारको बैठकमा दाहालले तीनवटा महत्वपूर्ण विषयमा ब्रिफिङ गर्दै सुझाव पनि मागेका थिए ।

दाहालले अहिलेसम्म भएका वार्ता र उपलब्धि, आफूहरुको अडान, एमालेको धारणा र अडान लगायतका विषयमा सचिवालयका सदस्यहरुलाई जानकारी गराएका थिए ।

Global Ime bank

माओवादीका ती सदस्यका अनुसार पार्टी एकता भएको खण्डमा जनयुद्ध शब्दलाई के गर्ने ? अहिले नै टुंगो लगाउने कि महाधिवेशनमा जाने ? भन्ने विषयमा सुझाव दिन दाहालले आग्रह गरेका थिए । 
यसमा दाहालले सचिवालय सदस्यहरुको धारणा माग गरेका थिए ।

अर्को थियो– विगतमा सरकार एवम् एमालेसँग भएका कुनै पनि सहमति कार्यान्यवन भएका छैनन् । अब विश्वासको वातावरण तयार पार्न पार्टीको भूमिका के हुनुपर्ला ?

तेस्रो, एमालेसँग पार्टी एकता भएन भने के गर्ने ? नयाँ शक्ति, फोरम नेपाल र नेत्र विक्रम चन्द विप्लवसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा पनि दाहालले सुझाव मागेको ती सदस्यले जानकारी दिए ।

उनीहरुले चुनावमा एमालेसँग पार्टी एकता गर्ने लक्ष्यसहित तालमेल गरेको बताउँदै सकेसम्म एमालेसँगै एकता गरेर अघि बढ्न अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । सचिवालय सदस्यहरुले एकताबाटै माओवादी केन्द्र ‘ब्याक’ भए जनतामा नराम्रो सन्देश जाने पनि बैठकमा बताएका थिए ।

उच्च स्रोतका अनुसार एमाले पार्टी एकताको टाढा भएपछि माओवादी अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेत्रविक्रम चन्द लगायतसँग पनि सम्पर्क जारी राखेका छन् ।

स्रोतका अनुसार विप्लवसँग वार्ताका लागि दाहालले आफू निकटका एक नेतालाई जिम्मा दिएका थिए भने नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँग आफैं वार्ता गरेका छन् ।

ती नेताका अनुसार अझै केही दिनमा पनि ओली सकारात्मक नभए माओवादी केन्द्रले अर्कै निर्णय गर्न सक्नेछ ।

विगतमा एमालेसँग भएका सहमति कार्वान्यवन नहुँदा प्रचण्डले अहिले नै एकताको सम्पूर्ण सुनिश्चितता खोजेको माओवादी केन्द्रका नेता मणि थापाले बताए ।

“पार्टी एकता भएपछि एमाले अध्यक्ष प्रधानमन्त्री हुने भए प्रचण्डलाई पार्टीको सम्पूर्ण अधिकार दिनुपर्छ,” थापाले भने, “ओली पार्टी अध्यक्ष बन्ने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ । अहिले उहाँले (ओली) दुवै अधिकार प्रयोग गरिरहनुभएको छ । एकतापछि एउटाको जिम्मेवारी प्रचण्डलाई पनि दिन उहाँ तयार हुनुपर्छ ।”

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय