site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३३ किलो सुन प्रकरण : एसएसपी दिवेश लोहनीसँग पनि बयान लिइँदै, आज मुद्दा दर्ताको तयारी

काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम हत्यासँग सम्बन्धित छानबिन समितिले आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उच्च स्रोतका अनुसार यस घटनासँग जोडिएका तत्कालीन अपराध महाशाखा प्रमुख दिवेश लोहनी पनि मंगलबार नै समितिले बोलाएपछि विराटनगर पुगेका छन् ।

माघ ९ गते दुबई हुँदै काठमाडौं ल्याइएको ३३ किलो अवैध सुन गायब भएपछि यो विषय सार्वजनिक भएको थियो ।

Dabur Nepal

उक्त ३३ किलो सुन चुडामणि उप्रेती गोरेको भएको अनुसन्धानबाट पुष्टि भएको छ । तर गोरे फरार छन् । यहि विषयमा गोरेका सहयोगी सनम शाक्यको हत्या भएको छ । उनको हत्यापछि धेरै विषय बाहिर आएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि गृह मन्त्रालयले ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।

छानबिन समिति अहिले मोरङमा पुगेको छ । प्रहरीले अनुसन्धानका लागि पाएको ६० दिनको समय आज सकिने हुँदा आजै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ । यो घटनामा अहिलेसम्म करिब २८ जनासँग समितिले बयान लिइसकेको छ भने प्रहरीका पूर्वडीआईजी, बहालवाल एसपी लगायतका प्रहरी अधिकारी पक्राउ परिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro