site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जटिल बन्दै पार्टी एकता, पद बाँडफाँटमै कुरा मिलेन
SkywellSkywell

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पछिल्लो समय जटिल बन्दै गएको संकेत नेताहरूले नै दिएका छन् । चुनाव चिह्न, जनयुद्ध शब्दको व्यवस्थापन र केन्द्रीय कमिटीको संख्याबाहेकका विषय कार्यदलले टुंग्याएर पार्टी एकता संयोजन समितिलाई २२ फागुनमै बुझाएको भए पनि एकता समितिले समेत विषय पर्गेल्न सकेको छैन ।

बरु, पार्टी एकता संयोजन समितिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नै नमिलेका विषय टुंग्याउने ‘विशेष जिम्मा’ दियो । त्यसयता प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पाँच पटक एकान्त वार्तामा बसिसकेका छन् । तर, गाँठो जहाँको तहीँ छ ।

किन मिलेन विषय ?
‘जनयुद्ध’को शब्द व्यवस्थापन, चुनाव चिह्न र केन्द्रीय समितिमा बराबरी अनुपातमा नै अहिले पनि कुरा अड्किएको छ । पार्टी एकताका लागि गठित कार्यदलका एक सदस्यका अनुसार केन्द्रीय कमिटीमा दुई पार्टीको अनुपात मिलाउने विषय नै अहिलेको मुख्य जटिल विषय हो ।

KFC Island Ad
NIC Asia

उनका अनुसार विधानको मस्यौदा तयार पार्दासम्म माओवादी केन्द्रका नेताहरूले ‘हाम्रो ९९ जनाको केन्द्रीय कमिटी हो’ भन्दै आएका थिए । माओवादी केन्द्रको हेटौँडा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको संख्या पनि ९९ जना थियो । यता, एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको संख्या २ सय छ । त्यसैलाई मिलाएर २ सय ९९ राखिएको ती सदस्य बताउँछन् ।

“उहाँहरूले त केन्द्रीय कमिटीको संख्या अहिले नतोकौँ, एकता संयोजन समितिले नै टुंग्याउँछ भन्नुभएको थियो,” ती नेताले बाह्रखरीसँग भने, “हाम्रै जोडबलमा केन्द्रीय कमिटी २ सय ९९ बनाउने भनिएको हो ।” विधानको मस्यौदा बनाईनसक्दै माओवादी अध्यक्ष प्रचण्डले बराबरी भन्न थालेकोप्रति एमाले नेताहरु आश्चर्यमा परेका छन् ।

Royal Enfield Island Ad

“कार्यदलले प्रतिवेदन नै नबुझाई प्रचण्डले बराबरी पो भन्न थाल्नुभयो, हामी आश्चर्यमा पर्‍यौँ,” एमालेका एक नेताले भने । “चुनावमार्फत देखिएको एमालेको ‘स्ट्रेन्थ’ र माओवादीको ‘स्ट्रेन्थ’ नै ७०–३० हो,” उनले भने, “चुनावमा हामीले ६०–४० को अनुपात त मिलाएका थियौँ नि तर परिणाममा त्यस्तो आएन । त्यो अभिमत मात्रै होइन, हाम्रो क्याडरको स्ट्रेन्थ पनि हो । यस्तो अवस्थामा कसरी बराबरी दिन सकिन्छ ?”

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पटकपटक वार्ता भइसकेको छ । भेटमा प्रचण्डले महाधिवेशनपछि ओलीसँग लिखितै अध्यक्ष मागेका छन् ।
“महाधिवेशन नै हाम्रो सर्वोच्च निकाय हो,” उनको प्रश्न थियो, “अहिले केपी ओलीले लेखेर त दिनुहोला, भोलि त्यो कुरा महाधिवेशनले मानेन भने के हुन्छ ? भोलिको सुनिश्चितता अहिल्यै खोजेर हुन्छ ?”

उनले केन्द्रीय कमिटी नै महाधिवेशन अधिनस्थ हुने हुनाले ओली–प्रचण्डबीच कदाचित सम्झौता भइहाले महाधिवेशनले मान्छ भन्ने कुनै ग्यारेन्टी नभएको औँल्याए । एकीकृत पार्टी दुई अध्यक्षात्मक हुने भनेर विधानमै लेखिइसकेकाले पार्टी प्रमुख म होइन कि भन्ने भ्रम नपाल्न माओवादी अध्यक्ष प्रचण्डलाई उनले अनुरोधसमेत गरे ।

“एक व्यक्ति एक पदका बारेमा त भोलि पार्टीमा बसेर छलफल गर्न सकिन्छ । अहिले नै सबै विषय टुंग्याउन किन पर्‍यो ? पहिलो काम एकता हो भने एकता गर्नुप¥यो । पदको व्यवस्थापन त बसेर टुंग्याउन सकिन्छ नि ! एक व्यक्ति एक पद राखौँ । एउटाले प्रधानमन्त्री, अर्को पार्टी प्रमुख बनौँ भन्न पनि त सकिन्छ नि ! अहिले नै ‘चेक साइन गरेर दे !” भनेजस्तो किन गर्नुपर्‍यो ?” उनको सुझाव थियो ।

उनले एकीकृत पार्टीमा पार्टी चलाएका र प्रधानमन्त्रीसमेत भएका ४ जना हुने भएकाले सबैको व्यवस्थापन मुख्य विषय भएको औँल्याए । प्रचण्ड र केपी ओलीको व्यवस्थापनका लागि एकता गर्नु नपरेको उनको जिकिर थियो । “दुई अध्यक्ष बसेर टुंग्याएको विषय अरूलाई मान्य भएन भने ?” उनले आशंका व्यक्त गरे । 

उनले चुनाव चिह्नको विषय पनि सजिलै नटुंगिने जिकिर गरे । “बाहिर आएजस्तो चुनाव चिह्न टुंगिइसकेको छैन । कार्यदलमा उहाँहरूले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्छ भन्नुभएको थियो, उहाँहरू अहिले पनि त्यसमै हुनुहुन्छ,” उनको प्रस्टोक्ति थियो ।

पछिल्लो समय अनेक कुरामा शंकाले प्रश्रय पाउन थालेको जिकिर गर्दै शंकाको जगमा एकता खडा हुने नसक्ने उनले प्रष्ट पारे । “एकता गर्ने हो भने लचिलो भएर आउनुप¥यो । चुनाव चिह्न सूर्य राख्ने, माओवादीले जनयुद्ध गरेर आएकै पार्टी भएकाले त्यो शब्द लेख्न एमालेलाई आपत्ति छैन । अध्यक्ष पनि सहमत हुनुहुन्छ । नेतृत्वको विषय विधानमै टुंग्याइसकेका छौँ,” उनले प्रष्ट्याए ।

उनले भोलि के होला भनेर अहिले सोच्न थाल्ने हो भने कतै नपुगिने जिकिर गरे । “हिँडेपछि त्यहाँ पुगिने हो, अहिले घोत्लिएर बसेर कहीँ पुगिँदैन,” उनको कथन थियो ।

देवेन्द्र पौडेल भन्छन्– केन्द्रीय कमिटीको अनुपातको विषय नै मिलेन
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले केन्द्रीय कमिटीकै विषयमा कुरा नमिलेको प्रष्ट्याए । “नेतृत्वमै कुरा मिलेको छैन । अनुपातको विषय पनि मिल्न बाँकी छ,” उनको भनाइ थियो ।

तर पनि एकता हुने विश्वास उनको छ । “वैशाखभित्रै एकता गर्ने ब्रिफिङ अध्यक्षले गर्नुभएको छ । यसमा सन्देह छैन,” उनले भने ।

त्यस्तै माओवादी केन्द्रका अर्का नेता देव गुरुङले पनि एकता प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । “गृहकार्य भइरहेको छ । दुई पार्टी मिल्ने कुरा समय त लाग्ने नै भयो । दुवै अध्यक्षको इमान्दार प्रयत्न छ । परिणाम छिट्टै आउँछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro