site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेपत्ता पाकिस्तानी पूर्वकर्नेल र भारतीय नौसेना अधिकारीको सन्दर्भमा चर्चा
SkywellSkywell

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा अन्य कुराका अलावा नेपालबाट हराइरहेका उनका एक पूर्वकर्नेलको विषयमा पनि छलफल हुने कुरा उठेको छ । नेपालबाट करिब ११ महिनाअघि बेपत्ता भएका पाकिस्तानका पूर्वकर्नेल मोहम्मद हबिब जाहिरको सन्दर्भमा कुरा उठ्ने सन्दर्भसँगै नेपालका सुरक्षाविज्ञ यो विषय पाकिस्तानको कब्जामा रहेका भारतीय नौसेनाका पूर्व अधिकारी कुलभूषण जाधवसँग जोडिने बताउँछन् । 

पाकिस्तानी सरकारले नेपाललाई पूर्व कर्नेल हबिब जाहिरको लागि जिम्मेवार मान्दै आएको छ । पाकिस्तानी सेनाका पूर्व कर्नेललाई संयुक्त राष्ट्रसंघको जागिरका लागि अन्तर्वार्ता दिन नेपाल बोलाइएको थियो । ओमनबाट नेपाल आउने प्लेनमा चढेका जाहिर गत वर्ष चैत २४ मा काठमाडौं उत्रनेबित्तिकै अर्को प्लेन चढेर भैरहवा पुगेका थिए । त्यहाँ उनलाई कसैले सँगै लिएर गएको बाहेक अरु केही खबर नेपालको सुरक्षा निकायसँग छैन । त्यसपछि उनी बेपत्ता भएका थिए । 

नेपालबाट तेस्रो मुलुकको ‘हाइप्रोफाइल’ व्यक्ति हराउनु नेपालको सुरक्षा निकायका लागि शुभसंकेत थिएन । यो घटनाले डरलाग्दो भविष्यको संकेत पनि गरेको छ । आखिर के थियो, पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ताको रहस्य ? हबिब बेपत्ता हुनुलाई कतिपय भारतीय र पाकिस्तानी संचारमाध्यमले पाकिस्तानमा मृत्युदण्डको फैसला सुनाइएका भारतीय कुलभूषण जाधवसँग जोडेर हेरेका थिए । नेपालका उच्च सुरक्षा अधिकारी पनि यो तर्कमा सहमति राख्छन् । नेपाल प्रहरीका एक पूर्व एआईजी भन्छन्, “त्यो जाधवको बदला लिन भारतले गरेको काउन्टर अट्याक थियो, मोहम्मद हबिबलाई भारतीय खुफिया एजेन्सी ‘रअ’कै प्लानिङमा नेपाल बोलाइएको जस्तो देखिन्छ ।”

KFC Island Ad
NIC Asia

को हुन् कुलभूषण जाधव ?
२०१६ को मार्च ३ मा पाकिस्तानको संवेदनशील प्रान्त मानिएको वलुचिस्तानको इरान सीमाक्षेत्रबाट पक्राउ परेका व्यक्ति हुन् जाधव । उनी भारतीय नौसेनाका पूर्व अधिकारी रहेको पाकिस्तानले दाबी गर्दै आएको छ । जाधव भारतीय नौसेनाबाट राजीनामा दिएर भारतीय गुप्तचर एजेन्सी रअको सदस्य बनेको र पाकिस्तानमाथि जासुसी गर्न योजना बनाएको पाकिस्तानकोे दाबी छ । यद्यपि भारतले कुलभूषण भारतीय गुप्तचर विभागका कर्मचारी नभएको बताएको छ ।

यो विवाद भारत–पाकिस्तानले राष्ट्रसंघको फोरममा पनि उठाएका छन् । पाकिस्तानले कुलभूषण पाकिस्तानको जासुसी गर्न त्यहाँ छिरेको दाबी गर्दै फाँसीको मितिसमेत तोकिसकेको थियो । त्यो मुद्दा अहिले अन्तर्राष्ट्रिय अदालतमा चलिरहेको छ । त्यही घटनापछि पाकिस्तानी सेनाका पूर्वकर्नेल जाहिर रुपन्देहीको लुम्बिनीबाट बेपत्ता भए, यो संयोग मात्रै हुन नसक्ने नेपालका सुरक्षा अधिकारी बताउँछन् ।

Royal Enfield Island Ad

किन आएका थिए पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब ?
संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका उनी गत चैत २४ देखिनै बेपत्ता भए । त्यसपछि नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठायो । नेपालमा युएनको जागिरका लागि नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुट्यो । तर, हालसम्म नेपालको राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरी यसबारे अनभिज्ञ छ । नेपाल सरकारका गृहप्रवक्ता नारायण दुवाडी यो घटनाबारे अनभिज्ञता प्रकट गर्छन् । 

मोहम्मद हबिब एजे ५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई ३४४ कलसाइनको उडानमा नेपाल आएको पुष्टि भइसकेको छ । उनलाई लुम्बिनीबाट एकजना व्यक्तिले लग्दै गरेको सिसिटिभी फुटेजमा देखिए पनि उनी को थिए भन्नेबारेमा नेपाल पक्ष मौन छ ।

जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन् ।

उनको हवाई यात्राको विवरणमा एयर अरेबियाको उडानमार्फत् पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिल २०१७ मा नेपाल आएको देखिएको थियो । तत्कालीन अवस्थामा प्रहरी अधिकारीले मोहम्मद हबिब नेपाल आएकै दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको  बताएका थिए । तर, अहिले प्रहरीले यसबारे बोल्न चाहेन । 

भारतले दिएको त्यो चेतावनी 
पाकिस्तानले कुलभूषणलाई फाँसी दिने तयारीसमेत गरिसकेको थियो । यहाँसम्म कि मिति पनि निश्चित गरेको थियो । ठिक त्यही बेला २०१७ अप्रिल दोस्रो साता भारत र पाकिस्तानका प्रधानमन्त्री र विदेशमन्त्रीबीच मिडिया वार पनि चल्यो । फाँसी तोकिसकेपछि तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाफ सरिफले भनेका थिए, ‘पाकिस्तानी आर्मी कुनै पनि धम्कीलाई जवाफ दिन सक्षम छ ।’

त्यसलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै भनेकी थिइन्, ‘यादव हिन्दूस्तानका पुत्र हुन्, यदि उनलाई फाँसी भयो भने पाकिस्तानले यसको नतिजा भोग्नुपर्छ ।’ यो चेतावनीको अर्थ सामान्य नभएको सुरक्षा विज्ञ बताउँछन् । अहिले कुलभूषण पाकिस्तानको जेलमा छन् भने पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब बेपत्ता । पाकिस्तानी सेनाबाट जहिर ३१ अक्टोबर २०१४ मा अवकाश लिएका सैन्य अधिकारी हुन् । 

नेपालको सुरक्षामा खतराको घण्टी ?
भारत, चीन र पाकिस्तानजस्ता छिमेकीको बीचमा रहेको नेपालले आफ्नो सुरक्षा रणनीति बलियो पार्न नसक्ने हो भने यस्तै र यसभन्दा बढी खतराको सामना गर्नुपर्ने अवस्था आउने सुरक्षा विज्ञ बताउँछन् । यो घटनाले नेपालका हाइप्रोफाइलहरु पनि कतै खतराको घेराभित्र त छैनन् अर्को प्रश्न जन्माइदिएको छ । यस्तोमा भारतसँगको खुला र नो भिसा नो पासपोर्ट अर्को समस्या हो ।

भलै भारतले पाकिस्तानी पूर्व सैनिक अधिकारीको विषयमा मुख नखोलेको होस्, तर निशाना उतैतिर सोझिएको सत्य नकार्न गाह्रो छ । पूर्व प्रहरी अधिकारी नेपालको खुफिया एजेन्सीको कमजोर व्यवस्थापन र व्यावसायीकरण कारण भएको बताउँछन् । यस्तोमा नेपालको हरेक सुरक्षा निकायको इन्टेलिजेन्स र त्यसमा पनि राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी अझ बढी हुन्छ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी दुई दिने नेपाल भ्रमणका लागि सोमबार (आज) काठमाडौं आउँदैछन् । यो अवस्थामा पाकिस्तानले नेपाललाई फेरि पनि सोध्ने प्रश्न हुनसक्छ¬– पाकिस्तानी नागरिक तथा सेनाका पूर्व कर्नेल मोहम्मद हबिब जहिर खोइ ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro