site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्चित तीन सांसद : को के गर्दैछन् ?
SkywellSkywell

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ जना उमेदवार बढी चर्चामा रहे नवराज सिलवाल, रेशम चौधरी र दीपक मनाङे । सिलवाल नेपाल प्रहरीका पूर्व डिआईजी, चौधरी सञ्चारकर्मी तथा कलाकार र मनाङे डन । आईजीपी नभएपछि नेकपा एमाले प्रवेश गरेका सिलवाल ललितपुरबाट एमाले उमेदवार बन्दै प्रतिनिधिसभामा निर्वाचित भए, रेशम कैलालीबाट र मनाङे मनाङबाट प्रदेशसभा सदस्य भए  ।

चुनावकै बेला यी तीनै जनाको नाममा मुद्दा थियो । सिलवालले अति गोप्य रहने कार्यसम्पादन मूल्याङ्कन फाइल (कासमू) किर्ते गरेको, रेशम चौधरीले टीकापुर घटनाको योजना बनाएको र दीपकको ज्यान मार्ने उद्योगको मुद्दा थियो सर्वोच्चमा । निर्वाचनका बेला रेशमले लुकेरै उमेदवारी दिए वारेशमार्फत् । नवराज सिलवाल र दीपक प्रचारमै लागे भने चौधरीले सामाजिक सञ्जालको सदुपयोग गरेर आफ्ना समर्थक परिचालन गरे । 

सर्वोच्च अदालतले कासमू फाइलमा किर्ते भएको भन्दै अनुसन्धान गर्न आदेश दिएपछि सिलवाल एकाएक हराए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि उनी देखिए । प्रहरी उनलाई पक्राउ गर्ने अवस्थामा नरहेको अधिकारीहरु बताउँछन् । यसबीचमा रेशम चौधरी पनि आफैं अदालतमा उपस्थित भए । दीपक भने फरार छन् । 

KFC Island Ad
NIC Asia

गएको माघ २ गते सर्वोच्च अदालतले चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगमा पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला सदर गर्यो । त्यसयता मनाङे फरार छन् । 

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेल मनाङेको खोजी कार्य जारी रहेको बताउँछन् । मनाङेको खोजीका लागि सिभिल टोलीदेखि अन्य गोप्य टोली परिचालन गरेको उनले बताए । पोखरेल भन्छन्, “सर्वोच्चले सजाय तोकिसकेको अपराधीलाई कुनै पनि हालतमा छोड्दैनौं, पानीमुनि भए पनि निकाल्छु ।” दीपक नेपालमै रहेको सूचना आफूलाई आएको उनले बताए । प्रहरीले उनको खोजीका लागि देशभर पत्राचार गरिसकेको छ । 

Royal Enfield Island Ad

प्रहरीकै एक उच्च अधिकारी भने दीपकले ४ दिनअघि नेपाल छाडेको बताउँछन् । प्रहरीकै स्रोतका अनुसार मनाङे सडकमार्गबाट भारत गइसकेका छन् । उनलाई हवाई मार्गबाट भने तेस्रो मुलुक जान सहज छैन । 

के हो मनाङेको घटना ?
चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ अर्थात् दीपक मनाङेको पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला सर्वोच्चले सदर गरेको हो । पुनरावेदनले ०६९ मा मनाङेलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यही आदेशलाई अन्तिम मान्दै सरकारी वकिलको कार्यालयले सर्वोच्चमा रिट दायर गरेन । मनाङे पनि पुनरावेदनको फैसलामा चुप लागे । 

मनाङेले २०६१ मा चक्रे मिलनलाई काठमाडौंको बागबजारमा खुकुरी प्रहार गरेका थिए । त्यही घटनामा संलग्न भएका मनाङेसँगै गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवारविरुद्ध काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अदालतले तत्कालीन समयमा मनाङेलाई दुई वर्ष जेल सजायको सजाय तोक्यो । अन्य चार प्रतिवादीले भने जिल्ला अदालतबाट सफाइ पाए । तर, पुनरावेदन अदालत पाटनका न्यायाधीश एकराज आचार्यसहितको इजलासले ०६४ मा जिल्ला अदालतको फैसलालाई परिवर्तन गर्दै मनाङेलाई पाँच वर्ष कैद सजायको आदेश दियो । 

पुनरावदेनको त्यो फैसलापछि चारजनाविरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट रिट दायर भयो । मनाङेको हकमा भने पाँच वर्ष जेल सजाय तोकिएकाले रिट दायर गरिएन । यस्तोमा पुनरावेदनको फैसला अन्तिम भएकाले मनाङेले तीन वर्ष जेल सजाय बस्नुपर्नेछ ।

मुद्दा सुनुवाइको कानुनी कार्यविधी अनुसार मनाङेले अदालतको म्याद बुझेको ७० दिनभित्र पुनरावेदन गर्ने नियमित समय प्राप्त गर्नेछन् । दुई पटकसम्म गरी एक महिना थप म्याद थाम्ने सुविधा मनाङेलाई कानुनले प्रदान गरेको छ । यदि फैसला बुझेर तोकिएको सय दिनको समयसमेत गुजारेको हकमा भने फैसला कार्यान्वयनको कानुनी बाटो खुल्नेछ । त्यसपछि मनाङेका लागि कानुनी बाटो बन्द हुनेछ ।

के हुन्छ मनाङेको सांसद पद ?
दीपक मनाङे मनाङबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । संविधानको धारा १७८ अनुसार भ्रष्टाचार या कुनै नैतिक पतन हुने काम गरेमा सांसद पद स्वतः खारेज हुनेछ । यस्तोमा उनको मुद्दाको किनारा अब संवैधानिक इजलाशबाट मात्रै लाग्छ । तर, फौजदारी अभियोग लागेका व्यक्तिको हकमा सांसद पद स्वतः निलम्बन हुनेछ । प्रदेश सभा सदस्यको अयोग्यतासम्बन्धी प्रश्न उठेमा त्यसको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था धारा १८१ ले गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro