site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी एकतामा लागेकै हो त ‘ब्रेक’ ?

काठमाडौं । पार्टी एकता र सरकार गठनका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एउटै घोषणापत्र लिएर जनताको घरदैलोमा पुगेका नेकपा एमाले र  माओवादी केन्द्रबीच केही दिनयता अविश्वासको दूरी बढ्दै गएको छ । 

देशलाई समृद्धि र स्थिर सरकार दिने नारा लगाएर चुनावमा गएका दुई पार्टीबीच सरकार गठनसम्म आइपुग्दा पनि एकता हुन सकेको छैन । बिहीबार प्रधानमन्त्रीको शपथग्रहण गरेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र गएको छैन । 

ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी नहुँदा विभिन्न संशय पनि व्यक्त भइरहेको छ । माओवादी केन्द्रका नेताहरुले जनताले चुनावमा सरकार गठनको लागि भन्दा पनि पार्टी एकताको लागि बहुमत दिएको भन्दै आफूहरु सरकारमा सहभागी नभएको बताएका छन् । पछिल्लो समय एमालेले जनताको बहुदलीय जनवादको विषयलाई बहसमै ल्याउन नचाहँदा पार्टी एकतामा ब्रेक लागेको माओवादीका कतिपय नेताहरुको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुधबार ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको एमालेको स्थायी कमिटी बैठक, २ पटक ओली र दाहालबीच भएको वार्ता र पार्टी एकता संयोजन समितिको बैठकमा एमाले खरो रुपमा प्रस्तुत हुँदा पार्टी एकतामा ब्रेक लागेको माओवादी नेताहरु बताउँछन् । 

कार्यदलका एक सदस्यका अनुसार करिब ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एकतापछि एकीकृत पार्टीमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको समान हैसियत हुने, दाहाल कार्यकारी अधिकारसहित अध्यक्ष हुने र ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष रहने तथा अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने विषयमा सहमति जुटेको थियो ।

त्यस्तै, असोज १७ को सहमतिअनुसार पाँच वर्षे कार्यकालमा दुबै आधा आधा समय दाहाल र ओली प्रधानमन्त्री बन्ने, एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, पार्टीको राजनीतिक दर्शन माक्सवाद र लेनिनवाद रहने, एकता महाधिवेशनसम्म समाजवाद उन्मुख कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने पनि सहमति भइसकेको थियो । दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने, एक सयभन्दा कमको केन्द्रीय समिति बनाउने, राष्ट्रपति र उपसभामुख एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई दिने विषयमा छलफल भए पनि एमाले नेताहरुले जबज नै राख्नुपर्ने अडान राखेपछि बैठक बिनानिष्कर्ष टुंगियो । 

“पार्टी एकताको लागि बुधबारको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको थियो तर, एमालेका साथीहरु त्यसै दिन खरो रुपमा प्रस्तुत हुनुभयो । एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बोली पनि ओली र इश्वर पोखरेलकै भयो  । हामी सिद्धान्तको विषयमा लचिलो भएका थियौं । हामीले पार्टी एकतापछि कि दुबै पार्टीको सिद्धान्त राख्ने कि राख्ने माओवाद र जबज दुबै नराख्ने भन्दा उहाँहरु मान्नु भएन । एमालेका साथीहरुले जवजको विषय उठाउन चाहनुभएन । सिद्धान्तको विषय नै नमिलेपछि पार्टी एकता संयोजन समितिको बैठक रोकियो,” कार्यदलका एक सदस्यले भने ।

माओवादी केन्द्रका नेता मणि थापाले पनि बुधबारको बैठकमा एमालेले सिद्धान्तको विषयलाई मुख्य कारण बनाएको भन्दै पार्टी एकतामा ब्रेक लागेको बताए । “पार्टी एकता संयोजन समितिको बैठकमा एमालेले बहुदलीय जनवादको विषय छलफल गर्न मिल्दैन भनेपछि रोकियो । संसारमा छलफलै गर्न नहुने विषय केही हुँदैन । हरेक विषयमा छलफल हुनसक्छ । पार्टी एकताको लागि पनि सबै विषयमा छलफल हुनुपर्यो नि । उहाँहरुले जवजलाई  बहसमा ल्याउन नचाहेपछि पार्टी एकता गर्न नचाहेको देखिन्छ,” उनले भने ।

बुधबारको घटनाले पार्टी एकताको लागि दुई दलबीच अविश्वास बढ्दै गएको पनि थापाले बताए । “पार्टी एकताको लागि आन्तरिक छलफल गर्नुपर्छ । हाम्रो पार्टीभित्र बुधबारपछि आन्तरिक छलफल भएको छैन । बुधबार जहाँनिरबाट डेडलक भयो, त्यो सुध्रिएको छैन,” थापाले भने, “अस्तिको बैठकले अझै दुई पार्टीबीच विश्वासको वातावरण नभएको देखिन्छ । पार्टी एकताको लागि सबैभन्दा ठूलो एकअर्कोमा विश्वास हुनुपर्छ । लिखित सहमति पनि च्यातेपछि के लाग्छ र ?

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले पार्टी एकता र सरकारमा माओवादी केन्द्रको स्थान टुङ्गो लागेपछि  आफूहरु सरकारमा सहभागी हुने बताइन् । उनले भनिन्, “पार्टी एकताको टुङ्गो लागेपछि हामी सरकारमा सहभागी हुन्छौं, छलफल चलिरहेको छ । पार्टी एकताको टुङ्गो नलागेसम्म त हामी सरकारमा कसरी सहभागी हुने ?”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro