site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डलाई अध्यक्ष मान्न ओली तयार ! मान्दैनन् दोस्रो तहका नेता 

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने पार्टी एकतापछि अध्यक्ष को ? भन्ने विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।

चुनावी तालमेल र एकता प्रक्रिया अघि बढेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कैयौंपटक छलफल भएको छ । 

‘वान टु वान’ र संयुक्त गरी यो बीचमा कैयौं छलफल भए तर पार्टी एकतापछिको अध्यक्ष को ? भन्ने विषयमा नै कुरा अल्झिएपछि प्रक्रियाले तीव्रता नपाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

माघ ५ गते एमाले अध्यक्ष ओली बैंककबाट फर्किएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटपछि पार्टी एकताले गति लिने अनुमान दुवै पार्टीका नेताहरुको थियो । तर पनि गति लिन सकेन ।

माओवादी केन्द्रका नेताहरुले भने पार्टी एकताको लागि एमालेभित्र आन्तरिक छलफल नपुगेको बताएका छन् । यो कुरा एमालेका नेताहरु पनि स्वीकार गर्छन् ।

माओवादी केन्द्रका नेता मणि थापाले पनि पदको विषय टुङ्गो नलाग्दा पार्टी एकता सोचेअनुरुप अगाडी बढ्न नसकेको स्वीकार गरे ।

नेता थापाले पार्टी एकतापछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अध्यक्ष मान्न तयार भए पनि एमालेभित्रका शीर्ष नेताहरुले भने मान्न तयार नभएको बताए ।

“एमाले अध्यक्ष ओलीजी प्रचण्डलाई अध्यक्ष मान्न तयार हुनुहुन्छ । तर, एमालेभित्रका शीर्ष नेताहरु नै प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन्,” नेता थापाले बाह्रखरीसँगको कुराकानीमा भने, “शीर्ष एवम् प्रभावशाली नेताले नै अध्यक्ष मान्न तयार नभएपछि पार्टी एकता लम्बिएको हो । समयअनुसार मान्छेको मनस्थिति पनि परिवर्तन हुँदोरहेछ । हाम्रो पार्टीभित्र त सबै आन्तरिक छलफल भइसक्यो । एमालेभित्र अझै आन्तरिक छलफल नपुगेको देखिन्छ ।”

एमालेका एक प्रभावशाली नेताले पनि पार्टीभित्र अहिले खुलेर यो विषयमा छलफल नै भएको छैन ।

अध्यक्षलाई नै सबै जिम्मा लगाएकाले अन्य नेताहरु यो विषयमा छलफलमा सहभागी छैनन् ।

“हाम्रो पार्टीमा गम्भीर रूपमा यो विषयमा छलफल भएको छैन,” एमालेका एक प्रभावशाली नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “दुवैतर्फका नेताका केही स्वार्थ छन् । ती स्वार्थ पूरा नहुन्जेल र हुने ढुक्क नहुँदासम्म यो विषयले प्राथमिकता पाउँदैन । बैठकमा पनि अन्य विषयमा बढी छलफल हुन्छ ।”

उनका अनुसार यो बीचमा भएका बैठकमा पार्टीबाटै राष्ट्रिय सभा उमेदवार चयनकै विषयमा बढी कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डलाई दिने कि नदिने भन्ने विषयमा गम्भीर रुपमा छलफल नै भएको छैन । त्यसका लागि बनाउने भनिएको कमिटी पनि अझै बन्न सकेको छैन ।
पहिले आन्तरिक तयारीपछि कमिटी बनाउनुपर्ने धारणा एमालेका केही नेताको रहेको उनले बताए ।

उता माओवादी केन्द्रका अर्का नेता गिरिराजमणि पोखरेलले भने पद बाँडफाँडलगायत सिद्धान्तको बारेमा आन्तरिक छलफल भइरहेको भए पनि एकताले गति लिन नसकेको बताए । नेता पोखरेलले भने, “पार्टी एकता गर्ने काम सजिलो विषय होइन । अहिले दुवै पार्टीभित्र पद तथा सिद्धान्तको बारेमा छलफल भइरहेको छ । अहिले राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोट गर्नुपर्ने भएकाले आन्तरिक छलफलमै व्यस्त भएका हौं । अबको एक दुई दिनमा पार्टी एकता संयोजन समितिको बैठक बसी एकताको प्रक्रिया अगाडि बढ्छ ।”

नेता पोखरेलले कम्युनिष्ट आन्दोलनमा पदको विषय महत्वपूर्ण हुने भन्दै असोज १७ गतेको निर्णयलाई दुवै पार्टीले मान्नुपर्ने पनि बताए ।

“कम्युनिष्ट आन्दोलनमा पद भन्ने एकदमै महत्वपूर्ण हुन्छ,” नेता पोखरेलले अगाडि भने, “दुवै पार्टीभित्रको माथिदेखि तलसम्मका नेताहरुको उचित व्यवस्थापन हुनुपर्छ ।”

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले भने पार्टी एकताको लागि पद बाँडफाँड समस्याको रुपमा नरहेको बताए । नेता शर्माले दुवै पार्टीका अध्यक्ष प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेको बताउँदै भने, “ओलीजी र प्रचण्डजी प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको मान्छे  हुनुहुन्छ । उहाँहरुलाई पदको केही लोभ छैन । उहाँहरुले सार्वजनिक रुपमा पनि पदको विषयले पार्टी एकता नरोकिने बताउँदै आउनुभएको छ ।”

एमालेलाई नरम हुन माओवादीको आग्रह
 

एमालेले माओवादी केन्द्रलाई सहर्ष अध्यक्ष पद दिन तयार नभएपछि माओवादी केन्द्रका नेताहरुले पार्टी एकताको लागि एमाले नरम हुनुपर्ने बताएका छन् ।

“माओवादी केन्द्रलाई अध्यक्ष मान्न एमालेका साथीहरु कन्जुस्याईँ गरिराख्नुभएको छ, त्यस्तो गर्नुहुँदैन,” माओवादी केन्द्रका एक नेताले भने । उनले एमाले र माओवादीबीचको पार्टी एकताको लागि जनताले बहुमत दिएको बताउँदै एमाले अब नरम हुनुपर्ने बताए ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलेले पद बाँडफाँडको लागि एमालेभित्रै आन्तरिक छलफल नपुगेको बताए ।

नेता पौडेलेले भने, “माओवादी केन्द्रलाई अध्यक्ष दिने कि नदिने भन्नेबारे एमालेभित्र आन्तरिक छलफल नपुगेको देखियो । उहाँहरुले स्थायी समितिको बैठक राखेर पदको टुङ्गो लगाउँछौं भन्नुभएको छ । अबको बैठकपछि पार्टी एकताको लागि एमालेका साथीहरु नरम भएर आउनुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro