site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदले अल्झायो एमाले–माओवादी एकता प्रक्रिया 

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमै कुरा नमिल्दा पार्टी एकताले गति लिन सकेको छैन ।

एमाले र माओवादी केन्द्रबीचको पटक–पटक भएका बैठकमा पनि मुख्य विषय प्रधानमन्त्री र पार्टी अध्यक्ष पद दुई नेताले एक एक लिने कि एकै व्यक्तिले भन्ने विषय टुंगो लाग्न सकेको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी बैंकक उपचारपछि बिहीबार मात्रै फिर्ता भएका छन् । उनी फिर्ता हुनासाथ एकता प्रक्रिया पनि अब तीव्रताका साथ अघि बढ्ने बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको अन्तिम बैठक गत पुस २५ गते बसेको थियो । त्यसयता कुनै बैठक बस्न सकेको छैन । उक्त बैठकमा पद बाँडफाँड, पार्टी एकताको लागि वैचारिक र सांगठनिक कार्यदल निर्माण गर्ने बताइएपनि संयुक्त कार्यदलमात्र निर्माण गरिएको थियो ।

बैठकले पद बाँडफाँड, सांगठनिक र वैचारिक कार्यदल निर्माण गर्न नसकेपछि पार्टीभित्रकै नेताहरुले एकता प्रक्रिया लम्बिने शंका गरेका थिए ।

पार्टी एकता संयोजन समितिले निर्माण गरेको संयुक्त कार्यदलले राष्ट्रिय सभाको निर्वाचनको लागि एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिट बाँडफाँड गरेको छ ।

दुवै पार्टीले चुनावलगत्तै पार्टी एकता हुने बताएपनि पार्टी एकताले अझै गति लिन नसकेको नेताहरुको भनाई छ ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले चुनाव लगत्तै पार्टी एकता गर्ने बताइएपनि प्राविधिक कारणले एकता ढिलाई हुन गएको बताए  ।

पौडेलले बाह्रखरीसँग भने, “हामीले चुनाव सकिने बित्तिकै पार्टी एकता गर्न भनेका हौं । तर, एक दुई वटा प्राविधिक कामले गर्दा पार्टी एकताले गति लिन सकेन । एमाले अध्यक्ष ओलीजी  बैंककबाट फर्किनुभएको छ । अब एकता समितिको बैठक बसेर टुंगो लगाउछौं ।”

उनले पार्टी एकताको लागि माओवादी केन्द्रले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एउटा पाउनुपर्ने दोहोर्याए ।

नेता पौडेलले अगाडि भने, “पार्टी एकताको लागि माओवादी केन्द्रले दुई वटा पदमध्ये एउटा पाउनुपर्छ । अध्यक्ष प्रचण्डले एमालेलाई अप्ठरो पर्छ भने आफू केन्द्रीय सदस्य बन्न तयार छु भनेर कहिले पनि भन्नुभएको छैन । यी सबै बाहिर भएका हल्ला मात्रै हुन् ।”

माओवादी केन्द्रकै नेता मणी थापाले सिद्धान्तभन्दा पनि पहिला पदको विषय मिल्नुपर्ने बताए । थापाले भने, “सिद्धान्तको कुरा दोस्रो हो । पहिला पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद टुङ्गो लाग्नुपर्यो अनि मात्र सिद्धान्तको कुरा आउँछ । पदको बाँडफाँड भइसकेपछि मात्र एमाले माओवादी केन्द्रले जबज र माओवादलाई के गर्ने कुराको बहस चल्छ ।”

नेता थापाले एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्षपकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष मान्न तयार नभएको समेत खुलाए । “एमालेका साथीहरुले प्रचण्डलाई फस्टम्यान मान्न तयार भएका छैनन् । एमालेका साथीहरु नरम हुनु जरुरी छ । एमालेभित्रको आन्तरिक छलफल नपुग्दा पार्टी एकता प्रक्रिया लम्बिन पुग्यो,’’ थापाले भने ।

उनले पार्टी एकताको सम्पूर्ण गृहकार्य पूरा गरेर मात्र सरकारमा माओवादी केन्द्र सहभागी हुने जिकिर समेत गरे ।

राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित सयुंक्त कार्यदलका सदस्य सुवास नेम्वाङले पार्टी एकतालाई भन्दा पनि राष्ट्रिसभा निर्वाचनलाई बढी जोड दिइएको बताए । “राष्ट्रियसभा निर्वाचनमा ४३ सिट जित्ने उद्देश्यसहित हामीले एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सर्वसम्मतमा सिट बाँडफाँड गरेका छौं । पार्टी एकता संयोजन समितिको बैठकले अन्तिम रुजु गर्छ,” नेम्वाङले भने ।

सिद्धान्तको बारेमा छलफल भएको छैन 

पार्टी एकताको लागि एकता संयोजन समितिको बैठकमा र पार्टीभित्र सिद्धान्तको बारेमा छलफल नभएको  नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता एवं पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अहिलेसम्मको बैठकमा सिद्धान्तको बारेमा  कुरा नउठेको बताए । नेता श्रेष्ठले भने, “अहिलेसम्मको बैठकमा पार्टीको सिद्धान्तबारे छलफल भएको छैन । अब बस्ने बैठकमा सिद्धान्तको बारेमा पनि छलफल हुन्छ ।’’

उनले अबको बैठकमा सिद्धान्तको बारेमा समझदारी बनाएर मात्र वैचारिक र सांगठनिक कार्यदल निर्माण गर्ने जानकारी पनि दिए । 

पार्टी एकताको लागि दुवै पार्टीले एक अर्कोलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मान्न तयार हुनुपर्ने बताए । उनले अब बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पहिला सिद्धान्त भन्दा पनि पदलाई नै अन्तिम टुङ्गो लगाउनुपर्ने बताए ।

माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद एकतापछि राख्ने कि नराख्ने भन्ने बारेमा दुवै पार्टीभित्र आन्तरिक छलफल हुनुपर्ने बताए । 

नेता पोखरेलले भने, “पार्टी एकताको लागि एमालेको जबज र माओवादी केन्द्रले आन्तरिक छलफल गर्नुपर्छ । कार्यदल बनिसकेपछि माओवाद र जबज के गर्ने भन्ने कुरामा छलफल होला । अहिले हाम्रो पार्टीभित्र यस विषयमा छलफल भएको छैन ।’’

माओवादी केन्द्रकी पम्फा भूसालले पनि पार्टीले माओवाद नछोड्ने कि नछोड्ने भन्ने विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको बताइन् ।
“अब बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा यस विषय प्रस्तुत हुने हामीले बुझेका छौं । कार्यदल निर्माण भइसकेपछि दुवै पार्टीको सहमतिमा माओवाद र जबजको कुरा मिल्छ,’’ भुसालले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro