site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २,६५४ विन्दुमा, एकैदिन साढे पाँच अर्बले घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर २,६५४.७५ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक ३.९० अंकले घटेको हो ।

सोमबारको तुलनामा यसदिन कारोबार रकम पाँच अर्ब ५३ करोड ३६ लाख रुपैयाँले घटेको छ । आज सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज ९९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४८ कम्पनीको सेयरमूल्य घटेको छ ।

पियोर इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयरमूल्य ७.७३ प्रतिशतले घटेको छ ।  

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापावर समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.२७ प्रतिशत, माइक्रोफाइनान्स समूहको परिसूचक १.१० प्रतिशत र व्यापार समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्