देश

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा सवारी आवागमन बन्द गरिएको छ । गए राति (असार २)देखिको वर्षासँगै विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
उक्त स्थानमा एक्साभेटर र टिपर प्रयोग गरी काम गरिँदै छ । केही घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा ल्याइने सडक डिभिजनले जानकारी गराएको छ ।
“पानीको बहाव कम हुँदै गए अबको चार–पाँच घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारु हुने जानकारी गराइन्छ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।
त्यस स्थानमा बाढीले डाइभर्सन बगाउँदा पटक–पटक बाटो अवरुद्ध भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ ०९:५३
प्रतिक्रिया दिनुहोस्