site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वी मोरङका किसानले मल पाएनन्
फाइल तस्बिर ।

विराटनगर । रोपाइँ सुरु हुनै लाग्दा मोरङको पूर्वी भेगका किसानले मल नपाउँदा समस्या भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–५, हसन्दह बजारस्थित साना किसान सहकारी संस्थाले मल वितरण गर्ने सूचना जारी गरेको छ । तर, तीन दिनयता किसान मल पाइने आसमा दिनभर लाइन बस्दै साँझतिर रित्तै हात फर्कन बाध्य भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन दिनदेखि धाए पनि मल नपाएको हसन्दहका एक किसान सुरज तिमल्सिनाले बताए । सहकारीका पदाधिकारीले ‘मल आउँछ आउँछ’ मात्र भन्ने गरेको उनले गुनासो गरे ।

मंगलबार (असार ३) पनि मल पाइने आसमा किसान सहकारी कार्यालय परिसर पुगेका छन् । तर, कहिले पाइने भन्ने टुंगो नभएको तिमल्सिनाले सुनाए ।

पथरी शनिश्चरे–५ का वडा सदस्य विनय तिमल्सिनाले भने केही प्राविधिक समस्याका कारण मल वितरण हुन नसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्