
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७, खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । चारजना घाइते छन् ।
गए राति (असार २) चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९, तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त प्रतिष्ठानमा दुर्घटनाका घाइते तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्कीको उपचार भइरहेको प्रहरी सहायक निरीक्षक रसाइलीले जानकारी दिए ।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस