site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री राणा भन्छिन्– राइसिना डायलगजस्ता कार्यक्रम उपयोगी
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राइसिना डायलगजस्ता कार्यक्रममा आफ्नो सहभागिता उपयोगी भएको दाबी गरेकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबार बसेको बैठकमा उनले आफूले धेरै बुझ्ने मौका पाएको बताइन् ।

“यस्तो डायलगहरूमा जाँदा पहिलो यस्तोमा जानुपर्छ कि पर्दैन भन्ने म आफैँलाई पनि कोइसन मार्क थियो । यस्तोमा जाँदा धेरै राष्ट्रहरूको थिंकट्याक बडीसमक्ष प्रस्तुत गर्न पाउने र परराष्ट्रमन्त्रीसँग वान टू वान छलफल गर्न पाउने फोरम हुँदोरहेछ । यो फोरम मलाई निकै युजफुल लाग्यो,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्ता कार्यक्रममा सहभागी हुँदा आफूले भन्नेमात्र नभएर अरूको भनाइ पनि सुन्ने र अन्तर्राष्ट्रियरूपमा कस्त ट्रेन्ड रहेछ, मान्छेहरूले के सोच्दा रहेछन् भन्ने विषय पनि हेर्न पाइएको उनले बताइन् ।

नेपालप्रति धेरै जनाको एकदमै सद्भाव र कतिवटा देशले नेपालसँग सम्बन्ध गास्न इच्छा पनि देखाएको उनले जनाइन् ।

“खासगरी अजरबैजान, किर्गिस्तान, ताजकिस्तान जुन मुलुक पहिलाको रुससँग छुट्टिएर एउटा सफल देशको रूपमा अघि बढिरहेका छन्, उहाँहरूको नेपालप्रति एकदर्म इन्ट्रेस्ट देखियो,” उनले भनिन् ।

परराष्ट्रमन्त्री राणा २०२५ मार्च १७ देखि १९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्