site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले हानेका ड्रोन खसाल्दै इजरायल

काठमाडौं । इजरायलले इरानबाट प्रक्षेपित ड्रोन खसाल्न थालेको बताएको छ । इरानबाट प्रक्षेपित ड्रोन आफ्नो मिसाइल डिफेन्स प्रणालीमार्फत अवरोध गर्न थालिएको इजरायली सैनिक अधिकारीले बताएका छन् ।

“इजरायली रक्षा बल (आईडीएफ)ले इजरायली भूभाग बाहिरबाट इरानले प्रक्षेपण गरेका ड्रोन प्रतिरोध गर्न सुरु गरेको छ,” एक आईडीएफ अधिकारीले शुक्रबार सीएनएनलाई भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, आईडीएफका प्रवक्ता एफी डेफ्रिनले इरानले इजरायली भूभागतर्फ १०० भन्दा बढी ड्रोन प्रक्षेपण गरेको बताएका थिए ।

सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्