site stats
बाह्रखरी :: Baahrakhari
देश
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा पछिल्लो दुई महिनामा चितुवाको आक्रमणबाट दुई बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको  डिभिजन वन कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका–२, कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली परिचालन गरिएको हो ।

टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्ने डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारी दिए । तनहुँका भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतंकबाट पीडित छ ।

तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १६ बालबालिकाको मृत्यु भएको छ । गएको सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर–२, कुवादीका ६ वर्षीय उत्सव गुरुङले ज्यान गुमाएका थिए । रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्