
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले शिक्षकको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागलाई पूरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने उनले बताए ।
सभापति देउवाले विद्यार्थीहरूको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्न शिक्षकहरूलाई सहज नरहेको उल्लेख गरे ।
त्यस्तै, सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने विद्यार्थीको संख्या कम भएको उल्लेख गरे । हिमालयन टेलिभ्वाइस