राजनीति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् । सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
भारतमा बिहीबार एयर इन्डियाको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा २४२ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १९:०१
प्रतिक्रिया दिनुहोस्