site stats
बाह्रखरी :: Baahrakhari
कला
जापानको कार्यक्रमबारे दुर्गेश के भन्छन् ?

काठमाडौं । कलाकार दुर्गेश थापाले आफू कार्यक्रममा जापान नजानुको कारणबारे प्रष्ट पारेका छन् । ‘नेपाल महोत्सव २०२५’ आफ्नो सहभागितालाई लिएर उनले प्रष्ट पारेका हुन् । 

कुवेतमा कार्यक्रममा जानुपर्ने भएकाले आफू जापान जान नपाएको उनले बताए । जापान जान गल्कोट समाज जापानबाट आग्रह गरेपछि राहदानी  दिए पनि समय अभावका कारण फिर्ता लिएको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“७ जुन २०२५ मा कुवेतमा हुने कार्यक्रमको लागि म पहिल्यै सम्झौता गरिसकेको थिएँ । त्यो मेरो प्राथमिकता बनिसकेको थियो । मैले आयोजकलाई यो जानकारी पनि गराएको थिएँ । त्यसैले जापानको कार्यक्रममा जानु तत्काल सम्भव थिएन,” दुर्गेश लेख्छन्, “तर, पनि आयोजकको अनुरोधलाई सम्मान गर्दै मैले पासपोर्ट दिन तयार भएँ । तर, कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्टबिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट तीन दिनमै फिर्ता लिनुपर्‍यो । सम्झौताअनुसार कुवेत गएँ ।” 

आफूले नेपाल महोत्सव २०२५ सँग कुनै औपचारिक सम्झौता नगरेको र आफूले कुनै प्रचार सामग्री पनि सम्प्रेषण नगरेको प्रष्ट पारेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्