site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालिस्टिनी अधिकारवादी खालिलबारे अमेरिकी अदालतको के फैसला गर्‍यो ?

काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीशले बुधबार कोलम्बिया विश्वविद्यालयका पूर्वविद्यार्थी तथा प्यालिस्टिनी अधिकारवादी कार्यकर्ता महमुद खालिललाई अमेरिका निकाला वा हिरासतमा राख्न नपाउने फैसला गरेका छन् ।

न्यु जर्सीका जिल्ला न्यायाधीश माइकल फार्बियार्जले जारी गरेको प्रारम्भिक निषेधाज्ञा शुक्रबार बिहान मात्र लागु हुनेछ, जसले ट्रम्प प्रशासनलाई पुनरावेदन गर्ने मौका दिएको सीएनएनले जनाएको छ ।

न्यायाधीश फार्बियार्जले ट्रम्प प्रशासनले खलीलको पक्राउ र निर्वासनको प्रयास गरेर उनको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको फैसलमा लेखेका छन् ।
 
यसका लागि प्रशासनले अमेरिकी अध्यागमन कानुनको एउटा कम प्रयोग हुने धारा प्रयोग गरेको थियो । यसले यदि, उक्त व्यक्तिको उपस्थितिलाई अमेरिकी विदेश नीतिको लागि प्रतिकूल मानिन्छ भने अमेरिकी विदेश मन्त्रीलाई कुनै पनि गैरनागरिकलाई निर्वासित गर्न अनुरोध गर्ने अधिकार दिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फार्बियार्जले लेखे, “याचिकाकर्ताको करिअर र प्रतिष्ठामा क्षति पुगिरहेको छ र उनको अभिव्यक्ति कुण्ठित भइरहेको छ । यसले अपूरणीय क्षति गरेको छ ।”

न्यायाधीशले प्रशासनलाई खलीललाई अमेरिकी विदेश नीतिको लागि प्रतिकूल भन्ने आधारमा निर्वासित गर्न पनि नपर्ने बताए ।

ट्रम्प प्रशासनले खलीललाई उनको प्रो–प्यालेस्टिनियन सक्रियताको आरोपमा पक्राउ गरेको थियो भने विदेश मन्त्री मार्को रुबियोले उनको उपस्थितिले अमेरिकी विदेश नीतिमा नकारात्मक प्रभाव पार्नसक्ने दाबी गरेका थिए ।

न्यायाधीशले यो निर्णयलाई शुक्रबार (जुन १३) सम्म रोक्ने आदेश दिएका छन् । 

एक अमेरिकी ग्रिन कार्ड भएका व्यक्ति खलील, अमेरिकी नागरिकका श्रीमान् पनि हुन्, मार्च ८ देखि लुसियानाको डिटेन्सन केन्द्रमा रहेका छन् ।
 
न्यायाधीशको यो फैसलाले खलीललाई शुक्रबारसम्ममा रिहा गर्ने मार्ग प्रशस्त गरेको छ । तर, सरकारले अपील गरेमा यो प्रक्रिया ढिलो हुनसक्छ । 

खालिललाई मार्चमा अध्यागमन गुप्तचरहरूले हिरासतमा लिएका थिए । हाल उनी लुजियाना हिरासतमा छन् ।
फार्बियार्जले यसअघि पनि खालिललाई देश निकाला गर्ने प्रयास असंवैधानिक हुनसक्ने बताएका थिए । सीएनएन

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्