
काठमाडौं । चीनको अत्यन्त प्रतिस्पर्धी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) लिपमोटरले बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । पछिल्लो बिक्री तथ्यांकअनुसार, लिपमोटर चीनमा सबैभन्दा छिटो वृद्धि भइरहेको इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक बनेको छ । यो हाल चीनकै शीर्ष तीन ईभी निर्माता ब्रान्डमध्ये स्थान बनाउन सफल भएको कम्पनीको दाबी छ ।
सन् २०२५ को मे महिनामा मात्र लिपमोटरले ४५ हजार ६७ युनिट गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४८.१ प्रतिशतले वृद्धि भएको हो । सन् २०२५ को पहिलो पाँच महिनामै कम्पनीले कुल एक लाख ७३ हजार ६५८ युनिट गाडी बिक्री गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६०.८ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ ।
लिपमोटरको प्रमुख मोडेल सी–११ नवप्रवर्तन, सुरक्षा र किफायती मूल्यको सन्तुलनका कारण धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । स्मार्ट डिजाइन, आधुनिक प्रविधि र प्रतिस्पर्धात्मक मूल्यले लिपमोटरलाई चीनमा मात्र नभई नेपालमा पनि लोकप्रिय बनाइरहेको कम्पनीले जनाएको छ ।
नेपालमा लिपमोटरको आधिकारिक प्रतिनिधित्व साग्र्रिला मोटर्स प्रा.लि.ले गर्दै आएको छ । कम्पनीका अनुसार, लिपमोटरले चीनमा हासिल गरेको सफलताले नेपाली बजारमा पनि सकारात्मक प्रभाव पारिरहेको छ । वातावरणमैत्री र प्रविधिसम्पन्न यातायात समाधान खोजिरहेका नेपाली ग्राहकहरूका लागि लिपमोटर उपयुक्त विकल्प बन्दै गएको बताइएको छ ।
लिपमोटरको यो प्रगति केवल बिक्रीको संख्या मात्रै होइन, यो विश्वव्यापी मोटर उद्योगमा भइरहेको परिवर्तनको संकेत पनि हो । वातावरण संरक्षण, ऊर्जा दक्षता र स्मार्ट प्रविधितर्फको बढ्दो झुकावसहितको नयाँ युगमा लिपमोटर अग्रस्थानमा रहेको पुष्टि यसले गरेको छ ।