
काठमाडौं । फ्राइडे रिलिजमा आजबाट नेपाली कथानक चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ । सिमोश सुनुवारले निर्देशन गरेको चलचित्र ‘जन्ते बाख्रो’ परम्परा र संस्कृतिसँगै लभस्टोरी सिनेमा हो ।
चलचित्रले उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो दिएको छ ।
सतोष गौतम निर्माता रहेको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह र लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।
प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा रमा थपलिया, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन रहेको छ ।