अर्थ व्यवसाय

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशीसहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ ।
नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा ट्राभल मार्ट आयोजना गरेको हो । यही जेठ २२ सम्म मार्ट सञ्चालन हुने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ २०:५३
प्रतिक्रिया दिनुहोस्