site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अख्तियार केपी ओलीको शाखा कार्यालय बन्यो : नेकपा एस सांसद
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अख्तियारले अध्यक्ष माधव नेपालविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा कडा प्रतिक्रिया जनाएका छन् । 

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीलाई जग्गा हदबन्दी छुट दिने र बिक्री खुला गरी अनियमिततामा संलग्न भएको भन्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा लागेसँगै उनले अख्तियारले राजनीतिक प्रतिशोधका लागि काम गरेको आरोप लगाएका छन् । 
 
“यो मुद्दा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको दबाबमा दायर भएको हो । गिरिबन्धु टि–इस्टेट जग्गा काण्डमा भ्रष्टाचार गरेका ओलीले अरूमाथि राजनीतिक प्रतिशोध साँधिरहेका छन्,” कुँवरले बाह्रखरीसँग भने, “यसरी नै राजनीतिक प्रतिशोध साँध्दै जाने हो भने अख्तियार केपी ओलीको शाखा कार्यालयमा सीमित हुनेछ ।” 

नेपालमाथि प्रतिशोध साँधेर केपी ओलीले पनि भ्रष्टाचार मुद्दामा जेल जाने बाटो खनेको उनको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्