site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रिमियर इन्टरनेसनल स्कुलद्वारा ‘ज्ञान मेला’ आयोजना

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलले ज्ञान मेला आयोजना गरेको छ । स्कुलले इन्टरनेसनल बाकुलरेट डिप्लोमा प्रोग्रामअन्तर्गतको ‘ज्ञान सिद्धान्त प्रदर्शन २०२५’ आयोजना गरेर सम्पन्न गरेको हो ।

‘ज्ञान मेला’ शीर्षकमा आयोजित यस प्रदर्शनीले विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्य राखिएको थियो ।

Argakhachi Cement Island Ad

विद्यार्थीहरूले अनुसन्धान गर्दै तीनवटा वास्तविक वस्तुहरूमार्फत विचार प्रस्तुत गरेका छन् । जसमा लेखिएको टिप्पणीमार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण क्षमताको प्रदर्शन गरिएको छ ।

यस वर्षको प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राखिनुको उद्देश्य यो कार्यक्रम ज्ञानको उत्सव मात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने जानकारी दिनु रहेको स्कुलले जनाएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरूले एआई, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नैतिकतालगायत विविध विषयमा आधार बनाएर गहन अध्ययन प्रस्तुत गरेका छन् । 

कार्यक्रमको अवलोकन साझेदार विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूबाट गरिएको थियो।

विद्यालयकी प्रधानाध्यापक शमा क्षेत्रीले यो प्रदर्शनीले विद्यार्थीहरूको सोचको दायरा फराकिलो बनाएको, आत्मनिर्भरता र दीर्घकालीन जीवनका लागि आवश्यक बौद्धिक उपकरण प्रदान गरेको बताइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्